काठमाडौं, १४ पुस । पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रिय शासन व्यवस्थाका बेला सहायक मन्त्री बनेर बद्नामी कमाएका गोपाल दहित फेरि बिबादमा परेका छन् ।
थरुहट तराई पार्टी गठन गरेर दुई वटा सांसद पाएका दहितले पार्टीभित्र निरंकुश शैली अपनाएपछि आलोचना खेप्दै आएका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
दहितको निरंकुश शैलीको विरोध गर्दै अर्की सांसद गंगा चौधरीले पार्टी विभाजन गरेकी हुन् । लामो समयसम्म दहित र पार्टी अध्यक्ष भानुराम चौधरीको अपमान सहदै आएकी गंगाले उनीहरूसँग बदला लिएकी छिन् ।
अब उनले आफू अनुकुल थारु समुदायको हकहितका लागि काम गर्न पाउने भएकी छिन् । मधेसी दलहरूको पछाडि लागेर थारु समुदायको हकहितमा काम गर्न नसकेका दहित र भानुराम चौधरीले मुलुकमा नाकाबन्दी लगाउन ठूलो भूमिका खेलेका थिए । मधेसी दलहरूको पछि लाग्नु हुँदैन भन्दा दहित र चौधरीले गंगालाई अपमानित हुने गरेर अपशब्द प्रयोग गर्ने गरेको स्रोतको भनाइ छ ।
थारु समुदायको आन्दोलनलाई तुहाएको आरोप गोपाल र भानुराममाथि छ । थारु कल्याणकारिणी सभालाई पनि यी दुईले ठूलो नोक्सानी पुर्याएका छन् ।
अहिले पनि गोपाल र भानुराम निर्मल निवासमा पुगेर रिपोर्टिङ गर्ने गरेको आरोप छ । उनीहरूले अहिले पनि निर्मल निवासबाट गोपाल र भानुरामले आर्थिक लाभ लिंदै आएका छन् ।














प्रतिक्रिया