१३ कार्तिक २०८३, शुक्रबार

गोप्य वार्तामा यतिसम्म गलफत्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । वैशाख अन्तिम साताको निम्ति तिथि तोकेर सम्भवतः यही साता स्थानीय निकाय निर्वाचनको घोषणा हुँदै छ । झट्ट सुन्दा अहिलेकै अवस्थामा त्यो सम्भवजस्तो नदेखिए पनि यसका केही आधार भने तयार बनेको छ ।

मुलुकलाई हालको अवस्थाबाट कसरी अघि बढाउने भन्ने विकल्पको खोजीका क्रममा प्रमुख दलहरूले चुनावलाई अघि सारेका हुन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

सत्ताधारी माओवादी र कांग्रेसले संविधान संशोधनमै जोड दिइरहेको सतहमा देखिन्छ भने प्रमुख विपक्षी एमालेचाहिँ कुनै हालतमा संशोधन प्रक्रिया अघि बढ्न नदिने मुडमा छ ।

एकअर्कालाई आरोप–प्रत्यारोप गर्दै सतहमा मुठभेडको तयारी गरेजस्तो देखिन्छ । तर, बाहिर देखिने गरी मुलुकमा राजनीतिक गतिरोध कायम रहे पनि भित्रभित्रै वर्तमान समस्याको गाँठो फुकाउन तीन ठूला दलबीच घनिभूत संवाद शुरु भएको छ ।

सोमबारदेखि यस्तो भेटघाटले गति लिन थालेको हो । कहीँ एक्लाएक्लै त कहीँ समूहमा होटल र व्यक्तिका घर–घरमा यसरी एकअर्कालाई मनाउने क्रम शुरु भएको छ ।

छलफलका क्रममा संविधान संशोधन प्रस्तावप्रति विरोध जारी राख्दै एमालेले चुनावतिर जाने मनशाय प्रकट गरेको छ भने माओवादी र कांग्रेस मिलेर सम्झाउन जाँदा मधेसी मोर्चाले बांगो कुरा गरेर फर्काएको पनि पाइएको छ ।

कांग्रेस नेता रामचन्द्र पौडेल र माओवादीका नारायणकाजी श्रेष्ठ अस्ति सोमबार बिहान महन्थ ठाकुरको घरबाट निराश मुद्रामा फिर्ता भएका छन् ।