दाङ, १२ पुस । कैलालीमा भएको गाई गोरुको सामूहिक हत्याको विरोधमा हिन्दूवादी संगठनहरुले आह्वान गरेको मध्यपश्चिमाञ्चल बन्दका क्रममा बन्द गराउँदै हिडेका बन्दकर्तालाई प्रहरीले अनौठो सजाय दिएको छ ।
अरुबेला बन्दकर्ता पक्राउ गर्ने गरिएपनि मंगलबार बन्द गराउँदै हिँडेका एक जनालाई दाङ प्रहरीले कान समातेर उठबस गराएको हो ।
गत बुधबार कैलालीको गोदावरमा ५० भन्दा बढी गाईगोरु मरेको अवस्थामा फेला परेपछि हिन्दूवादी संघसंस्था छानविनको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । यसैक्रममा मंगलबार एक दिन मध्यपश्चिमाञ्चल बन्द गराएका हुन् । उनीहरुले आइतबार सुदूरपश्चिम बन्द गराएका थिए ।
बन्दका कारण दाङ सदरमुकाम घोराहीमा बजार पसल खुलेका छैनन् । सार्बजनिक यातायातका साधन पनि ठप्प भएका छन् । मोटरसाइकल र रिक्सा भने चलिरहेका छन् ।
दाङमा बन्दकर्ताहरु मंगलबार बिहानै बजार पसल बन्द गराउँदै हिँडेका थिए । तिमध्ये एकजनालाई दाङको शहीद गेट नजिकै प्रहरीले नियन्त्रणमा लियो र सजायस्वरुप कान समातेर उठबस गर्न लगाएको थियो ।
यो तस्वीर अहिले समाजिक सञ्जालमा भाइरल भइरहेको छ ।













प्रतिक्रिया