१९ कार्तिक २०८३, बिहिबार

रवि लामिछानेलाई भारतीय विदेश सचिव मिस्रीले भेटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।

नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका मिस्रीले बिहीबार लामिछानेसँग भेटवार्ता गर्न उनकै निवास बूढानीलकण्ठ पुगेका हुन् ।

भेटवार्ताका क्रममा सभापति लामिछानेले आफ्नो विगतमा भएको औपचारिक भारत भ्रमणको स्मरण गर्दै आगामी दिनमा दुई देशबीच हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना व्यक्त गरे । साथै, उनले नेपालले विकास तथा आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर जोड दिइरहेको बताए ।