४ मंसिर २०८३, शुक्रबार

गोपाल दहित र भानुराम चौधरीको थरुहट पार्टी फुट्यो, बदला लिइन् गंगाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । थरुहट तराई पार्टीकी उपाध्यक्ष तथा सांसद गंगा चौधरीले दल फुटाएर नयाँ पार्टीका लागि संसद सचिवालयमा निवेदन दिएपछि सो पार्टीमा भुइँचालो गएको छ ।

गोपाल दहित, भानुराम थारुलगायतका नेताहरूको निरंकुश कार्यशैलीको दबाब थेग्न नसकेपछि गंगाले दल फुटाउने निर्णय गरेकी हुन् । उनले गत शुक्रबार नै संसद सचिवालयमा पार्टी फुटाएको जानकारी दिएकी थिएन् ।

गंगाले नयाँ पार्टीको नाम थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) प्रस्ताव गरेकी छिन् । उनले निर्वाचन आयोगमा पनि दल दर्ताको सूचना दिएकी छिन् ।

दुई सिटे पार्टी पनि फुटेपछि तनावमा परेका गोपाल दहित र भानुराम चौधरीले आइतबार साँझ विज्ञप्ति जारी गरेर गंगालाई पार्टीबाट निष्काशन गरेको र सांसदबाट फिर्ता बोलाएको दाबी गरेका छन् ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा सहायक मन्त्री बनेका बर्दिया निवासी गोपाल दहितले थारुको हकहितमा भन्दा पनि आफ्नो स्वार्थमा धेरै काम गरेको आरोप थियो । गोपाल र भानुरामले पार्टीलाई मधेसी दलहरूको पछिलग्गु बनाएर नाकाबन्दीसमेत गर्न पुगेका थिए ।

गोपाल दहित र भानुराम चौधरीले संसद सचिवालले उपलब्ध गराएको कार्यालयमा आफ्नो एनजिओको सबै कार्यसञ्चालन समेत गर्दै आएको स्रोत दाबी छ ।

सोही बेलादेखि गंगा चौधरीले थारु समुदायको हकहितका लागि जानुपर्ने बेला मधेसी दलहरूको पछिलग्गु बनेको भनेर अर्को असन्तुष्टिसमेत जनाएकी थिइन् ।