काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आगामी भारत भ्रमणमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै ५२ जना उद्योगी तथा व्यवसायी सहभागी हुने भएका छन्। दुई देशबीच व्यापार, लगानी र आर्थिक सहकार्य विस्तार गर्ने उद्देश्यले आयोजना हुने नेपाल–भारत बिजनेस फोरममा सहभागी हुन उनीहरू नयाँ दिल्ली जान लागेका हुन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्रीको राजकीय भ्रमणका क्रममा निजी क्षेत्रका प्रतिनिधिसहितको व्यावसायिक टोली भारत जानेछ। मन्त्रालयले सार्वजनिक गरेको सूचीमा विभिन्न उद्योग वाणिज्य संगठनका पदाधिकारीदेखि निजी क्षेत्रका प्रतिष्ठित व्यवसायीसमेत समेटिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, ऊर्जा, निर्माण, सूचना प्रविधि, पर्यटन, हस्तकला, अटोमोबाइल, औषधि तथा निर्यात क्षेत्रसँग सम्बन्धित प्रतिनिधिहरू टोलीमा छन्।
भारत भ्रमणमा जाने उद्योगी व्यवसायीको सूची
- अन्जन श्रेष्ठ
- भवानी राणा
- कृष्णप्रसाद शर्मा
- डा. गोपालप्रसाद तिवारी
- सुनिता नेमाफुकी
- बटु लामिछाने
- उज्जवल श्रेष्ठ
- सागर ढकाल
- निरज काफ्ले
- शिवकुमार अग्रवाल
- वीरेन्द्रराज पाण्डे
- राजेशकुमार अग्रवाल
- निर्वाणकुमार चौधरी
- राजबहादुर शाह
- कमलेसकुमार अग्रवाल
- दीपककुमार मल्होत्रा
- खिम नारायण पराजुली
- कुनाल कयाल
- सुनिल केसी
- करण चौधरी
- मोहनकुमार डाँगी
- गणेश कार्की
- पुष्कर पौडेल
- निकोलस पाण्डे
- विभूषण विष्ट
- पशुपति देव पाण्डे
- अर्जुनकुमार श्रेष्ठ
- शोभा गुरुङ
- गोविन्दप्रसाद घिमिरे
- सरोज श्रेष्ठ
- रवीन्द्र शाक्य
- सुरेन्द्रकुमार उप्रेती
- विनायक शाह
- सागर पाण्डे
- भरतजंग पाण्डे
- दर्शना श्रेष्ठ
- दिकिला शेर्पा लामा
- बलराम गुरुङ
- यमुना श्रेष्ठ
- सचिन ढकाल
- कल्याण गुरुङ
- नितेश मालपानी
- टुकप्रसाद पौडेल
- जीवानाथ लामिछाने
- दिरेकलाल श्रेष्ठ
- अनुप आचार्य
- नरेश दास
- विष्णुकुमार अग्रवाल
- दिलीप अग्रवाल
- सन्जय शाक्य
- दीपक थापा
- राजनकुमार बन
मन्त्रालयका अनुसार भ्रमणमा सहभागी हुने उद्योगी व्यवसायीले आफ्नो यात्रा खर्च आफैँ व्यहोर्नुपर्नेछ। मंसिर ६ गते आयोजना हुने नेपाल–भारत बिजनेस फोरमलाई लक्षित गर्दै दिल्ली जाने हवाई टिकट तथा होटलको व्यवस्था पनि सहभागी आफैँले गर्न मन्त्रालयले आग्रह गरेको छ।












प्रतिक्रिया