११ कार्तिक २०८३, बुधबार

गोपाल दहित र गंगा चौधरीबीच किन बन्द भयो बोलचाल ?

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gopal_Dahit_02काठमाडौं, २ भदौ । व्यक्तिगत लाभका लागि हदैसम्मको पराकाष्ठा अपनाउन पछि नपर्ने दुई सिटे थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहितले आफ्नो मिचाह प्रवृत्ति पार्टीभित्र देखाउन थालेका छन् ।

थारु आन्दोलन बीचबाटोमा चटक्कै छाडेर मधेसी मोर्चाको पिछलग्गु भएर गएका दहितको थारु संघ संस्थाभित्रै चर्को बिरोध भइरहेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

अझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दहितले उपप्रधानमन्त्री र आकर्षक मन्त्रालय माग गरेपछि बिबादमा मुछिएका हुन् । हुन त दहितले प्रचण्डसँग उपप्रधानमन्त्री र आकर्षक मन्त्रालय माग गरेको आफू निकटका नेताहरूसँग स्वीकार गरिसकेका छन् ।

आजकाल दहित उपेन्द्र यादवका भक्त बनेका छन् । थारु मुक्ति र अधिकारका लागि पार्टी गठन गरेर दुई सिट जितेका दहितले कुनै उद्देश्य नमिल्ने मधेस केन्द्रित दलहरूको पुच्छर बनेकोमा सबै थारु नेताहरू चकित परेका छन् ।

दहितको चर्तिकला देखेर उनकै पार्टीकी सांसद गंगा चौधरी सत्वगौवा पनि दिकदार छिन् । दहितले महत्वपूर्ण निर्णय गर्दा चौधरीसँग कुनै पनि परामर्श नगरेको स्रोतले बतायो ।

Ganga Chaudharyयही कारण उनीहरूवीच तिक्ततापूर्ण अवस्था हुन पुगेको हो । मन्त्री बन्ने मौका मिल्यो भने दहितले चौधरीलाई कहिल्यै सिफारिस गर्ने छैनन् । दहितका क्रियाकलापबाट आजित भएकी सांसद चौधरी उनीसँग राम्रोसित नबोल्ने गरेको बताइन्छ ।

‘गोपाल दहितको एकलकाटे प्रवृत्तिबाट गंगा चौधरी पनि खुसी छैनन्’, थरुहट तराई पार्टीका एक नेताले भने–‘अब गंगा चौधरीले पार्टी विभाजन गर्छिन् जस्तो लाग्छ । उनीहरूवीच बोलचाल नै छैन ।’

बर्दियाली विकास मञ्च गठन गरेर एनजिओ चलाइरहेका दहितले एनजिओको अखडा सिंहदरबारस्थित आफ्नै संसदीय दललाई बनाएका छन् । एनजिओको सबै काम दहितले सिंहदरबारभित्रैबाट गर्ने गरेको स्रोतको भनाइ छ ।