हक्की : सुदूरपश्चिमलाई दोहोरो जित
विराटनगरको डिएबी स्कुलमा भएको पुरुषतर्फको पहिलो खेलमा मध्यामाञ्चललाई ८–० को गोल अन्तरले हराउँदै नेपाली सेनाले जित हासिल गर्न सफल भयोे । नेपाली सेनाको तर्फबाट प्रेम दराई, सत्यनारयण चौधरी, स्यामुएल राई, राम साहले १÷१ गोल गरेका थिए भने दिपेन्द्र एयर र प्रदिप राजवंशीले २÷२ गोल गरे ।
सुदूरपश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई ४–२ गोल अन्तरले हरायो । सुदूरपश्चिमाञ्चलको तर्फबाट गणेश टमटा, सुरेश प्रसाद जोशी, राजेन्द्र राजवंशी र केशब राजवंशीले गोल गरे । मध्यपश्चिमाञ्चलबाट सलमान इद्रीसी र सहिद अलिले गरे ।
महिलामा सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई ४–१ गोल निराश पा¥यो । सुदूरपश्चिमाञ्चलका सिमा चौधरी र नर्बदा जोशीले १-१ गोल गरेका थिए भने शिल्पा डोगौराले २ गोल गरेकी थिइन् ।
पश्चिमाञ्चलले पूर्वाञ्चललाई ४–० को गोल अन्तरले पन्छायो । विजयी टिमका लागि कमला राना मगर र सोनी गुरुङ्गले २-२ गोल गरेका थिए । प्रतियोगितामा पाँच विकास क्षेत्र र एक विभागीय टिम सेना गरी ६ टिम सहभागी छन् ।
सेपाकताक्रोको रेगोमा आर्मी र पश्चिमाञ्चल फाइनलमा
विभागीय टोली नेपाली सेना र पश्चिमाञ्चल सेपाकताक्रोको पुरुष रेगु इभेन्टमा फाइलनमा पुगेका छन् ।सेमिफाइलनमा आर्मीले सुदुरपश्चिमाञ्चललाई २१–९ र २१–१७ ले पराजित गर्दै फाइनल पुग्यो ।
अर्को सेमिफाइनलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई २१–१४ र २१–१६ ले हराउदै आर्मीसंग फाइनल भेट पक्का ग-यो । महिलामा सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलले समान ६–६ अंक जोडेका छन् । पश्चिमाञ्चल र पूर्वाञ्चलले २–२ अङ्क जोडे ।
सुनसरीको धरानस्थित डिपो उच्चमाविमा भइरहेको प्रतियोगिताअन्तर्गत आइतबार डब्बल र सोमबार टिम इभेन्टका खेलहरु हुने छन् । पुरुषमा विभागीय टोली आर्मीसहित ६ वटा टिम सहभागी छन् । महिलामा ५ विकास क्षेत्रले भाग लिएको छ ।
बास्केटबल सुरु
बास्केटबल पनि शनिबारदेखि धरानस्थित डिपो उच्चमाविको कोर्टमा सुरु भएको छ । महिलातर्फ पश्चिमाञ्चल र मध्यमपश्चिमाञ्चलबीच भएको खेलमा ४५–१२ स्कोरले पश्चिमाञ्चल विजयी भयो ।
नेपाल आर्मी र मध्यमाञ्चल बीच भएको खेलमा ४४–२९ स्कोरले पछि पार्दै मध्यमाञ्चल विजयी बनेको छ । त्यस्तै तेस्रो खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चलमाथि २३–११ को जित प्राप्त ग-यो ।
त्यस्तै पुरुष बास्केटबल तर्फ विभागीय टोली नेपाल आर्मीले पश्चिमाञ्चललाई ८२–५३ स्कोरले पराजित गरेको छ । मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चलबीचको खेलमा ९५–४३ स्कोर गर्दै मध्यमाञ्चल विजयी बनेको छ । पुरुष बास्केटबलमा विभागीय टीमसहित ६ वटा टिमहरुले स्पर्धा गरिरहेका छन् भने महिला बास्केटबलमा ५ विकास क्षेत्रका टिमहरु सहभागी रहेका छन् ।
पुरुष फुबटल : पश्चिमाञ्चल र मध्यमाञ्चलको जित
पुरुष फुटबलमा शनिबार पश्चिमाञ्चल र मध्यमाञ्चलले हात पारेका छन् । धरान एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको पहिलो खेलमा पश्चिमाञ्चलले नेपाल पुलिस क्लबलाई ३–० गोलअन्तरले हरायो ।
पश्चिमाञ्चलको लागि पहिलो हाफको २५ औं मिनेटमा विमल घर्ती मगरले पहिलो गोल गरे । बाँकी दुवै गोल दोस्रो हाफमा कप्तान अनिल गुरुङले गरेका थिए ।
दोस्रो हाफको ३० औं मिनेटमा अनिलले दोस्रो गोल गरे भने ४० औं मिनेटमा पेनाल्टी अवसरलाई सदुपयोग गर्दै तेस्रो गोल गरे । पुलिसका गोलकिपर रोशन खड्काले पश्चिमाञ्चलका विश्वास श्रेष्ठलाई डिबक्सभित्र फल गरेपछि रातो कार्ड पाउदै बाहिरिए भने पश्चिमाञ्चलले पेनाल्टी अवसर पाएको थियो । गोलकिपरले रातो कार्ड पाएपछि पुलिसको गोलपोष्ट कप्तान भोला सिलवालले सम्हाल्नु परेको थियो ।
दोस्रो खेलमा मध्यामञ्चलले पुर्वाञ्चललाई १–० को गोलअन्तरले हरायो । दोस्रो हाफको २८ औ मिनेटमा दिनेश हेन्जनले गरेको गोल खेलको निर्णायक बन्यो ।
शनिबारको खेलपछि लिग चरणको दुवै खेलमा जित हात पारेको मध्यमाञ्चल कुल ६ अंकसाथ शीर्षस्थानमा छ भने एक खेलमा हार र एक खेल जितको पश्चिमाञ्चल र नेपाल पुलिस समान ३-३ अंक छ ।
आइतबार समुह ख अन्र्तगतको पहिलो खेल सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिमाञ्चलबीच हुनेछ भने दोस्रो खेल नेपाली सेनाले मध्यपश्चिमाञ्चल विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
आईटीएफ तेक्वानदो
आईटीएएफ तेक्वान्दोका खेल दमकमा शुरु भएको छ । प्रतियोगीता अन्तर्गत पहिलो दिन ४०–४५ केजी उमेर समूहमा महिला तर्फ नेपाल आर्मीकी निस्मा बस्याल पहिलो भईन् । यस्तै पश्चिमाञ्चलकी रीता अधिकारीले दोश्रो स्थान हाँसिल गरेको आईटीएफ तेक्वान्दो संघ नेपालका उपाध्यक्ष बिजय श्रेष्ठले जानकारी दिए ।
पुरुष क्रिकेट
पुरुष क्रिकेटमा त्रिभूवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन । पहिलो खेलमा आर्मीले सुदुरपश्चिमाञ्चललाई ८७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धाति २० ओभरमा ३ विकेट गुमाई २ सय ९ रन बनाएको थियो ।
नरेश बुढाएरले ४३ बलमा ५ छक्का र ५ चौका प्रहार गरी अविजित ८१ रन, सागर पुनले ४४ रन, विनोद भन्डारीले ३४ रन र राजु रिजालले २२ रनको योगदान गरेका थिए । सुदुरपश्चिमाञ्चलका सागर भन्डारी, विनोद लामा र सन्तोष भट्टले १–१ विकेट लिएका थिए ।
जवाफमा २ सय १० रनको विजय लक्ष्य पछ्याएको सुदुरपश्चिमाञ्चलले निर्धारित ओभरमा ५ विकेट गुमाई १ सय २२ रनमात्र जोड्न सक्यो ।
जस्मा रोशन नेपालले ५३ बलमा १ छक्का र ५ चौका गरी ५० रन र दिपक मण्डलले २२ रन बनाएका थिए । आर्मीका सागर पुन, राहुल विक र राजेश पुलामीले १–१ विकेट लिएका थिए ।
त्यैसै गरी दोस्रो खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चललाई १७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धाति २० ओभरमा ५ विकेट गमाई १ सय ४५ रन बनाएको छ ।
जस्मा कप्तान मन्जित श्रेष्ठले ३२ बलमा ३ छक्का र २ चौका प्रहार गरी अविजित ४९ रन, दिपेन्द्र ऐरीले अविजित २८ रनको योगदान गरेका थिए । पश्चिमाञ्चलका साह आलमले २ विकेट लिएका थिए ।
जवाफमा १ सय ४७ रनको विजय लक्ष्य पछ्याएको पश्चिमाञ्चलले निर्धारित ओभरमा ८ विकेट गमाई १ सय २९ रनमात्र जोड्न सक्यो । जस्मा शुसान्त भारीले अविजित ३२ रन र लालबहादुर अधिकारीले २७ रन बनाएका थिए । पुलिसका ललितसिंह भण्डारीले ३ विकेट र दिपेन्द्र ऐरीले २ विकेट लिएका थिए ।
सातौं राष्ट्यि खेलकुद प्रतियोगिताअन्र्तगत इटहरीमा जारी महिला क्रिकेट प्रतियोगिताको पहिलो खेलमा मध्यपश्चिमाञ्चलले पश्चिमाञ्चललाई २ विकेटले हराएको छ ।
टंस जितेर पहिलो व्याटिगंमा उत्रिएको पश्चिमाञ्चलनिर्धारित २० ओभरमा७२रनमा समेटीएको थियो । जवाफी व्याटिगंमा आएको मध्यपश्चिमाञ्चले १८ ओभरमै पश्चिमाञ्चले प्रस्तुत गरेको लक्ष्य पुरा गरी पश्चिमाञ्चललाई २विकेटले हराएको हो ।
विजयी टिमका लागिअनु केसीले ४ विकेट लिएकीथिइन । भने मध्यपश्चिमाञ्चलकी मेरी थापाले सवार्धिक ४३ रन बनाएकीथिइन ।
पराजितपश्चिमाञ्चलकालागिअनिसा केसी र नितु भण्डारीले समान १६ रन जोडेकाथिए । सो खेलमामध्यपश्चिमाञ्चलकीअनिताचौधरी प्लेयरअफ द म्याच घोषीतभइन ।
महिलाक्रिकेटको आजको दोस्रो खेल सुदुरपश्चिमाञ्चल र मध्यमाञ्चलविचजारी रहेको छ ।
व्याडमिन्टन
पुरुष सिंगल्समा नेपाल आर्मीका रत्नजीत तमाङले मध्यपश्चिमाञ्चलका इरफान अन्सारीलाई २१–१९ र २१–५ को सोझो सेटमा पराजित गरे ।
आर्मीकै दिपेश धामीले मध्यपश्चिमाञ्चलका रियाज अन्सारीलाई २१–१० र २१–६ ले तथा आर्मीका अर्का खेलाडी नवीन श्रेष्ठले मध्यपश्चिमाञ्चलकै विलाल वरिसलाई २१–१३ र २१–१० को सोझो सेटमा पराजित गरे ।
त्यस्तै सुदुरपश्चिमाञ्चलका सन्जीव खड्काले पश्चिमाञ्चलका भुगोल गुरुङलाई २१–१७ र २१–१० को सोझो सेटमा हराए । सोही अंचलका सुनिल जोशीले पश्चिमाञ्चलका अतित गुरुङ र गौतम कठायतले पश्चिमाञ्चलका विशाल खड्कालाई क्रमशः २१–१९ र २१–७ तथा १६–२१, २१–१२ र २१–१७ अंकले पराजित गरे ।
मेन्स डवल्सतर्फ नेपाल पुलिस क्लवका खेलाडीहरु विष्णु कटुवालले पूर्वाञ्चलका विवेक श्रेष्ठलाई तथा दिपक वोहराले पूर्वाञ्चलकै जीवन आचार्यलाई क्रमशः २१–१४ र २१–११ तथा १९–२१, २१–७ र २१–११ ले पराजित गरे ।
एपीएफका सुदिप सेढाइले मध्यमाञ्चलका अभिशेक वोसलाई २१–९ र २१–१२ को सोझो सेटमा हराए । एपीएफकै विजित थापा मगरले मध्यमाञ्चलका पोविन लिङ्थेपलाई २१–१२ र २१–११ को सोझो सेटमा पारजित गरे । मेन्स सिंगलमा पूर्र्वाञ्चलका विशाल तामाङ पुुलिसका गौरव दाहाललाई १९–२१, २१–१८ र २३–२१ अंकले हराए ।
मेन्स सिंगलतर्फ पुलिस र एपीएफका खेलाडीले पूर्वाञ्चल मध्याञ्चलका खेलाडीलाई हराए । पुलिसका विष्णु कटुवाल र दिपक वोहराको जोडीले पूर्वाञ्चलका विवेक र सुजन श्रेष्ठको जोडीलाई २१–१९ र २१–१६ को सोझो सेटमा पन्छायो । त्यस्तै एपीएफका सुजन ताम्राकार र सुदिप सेढाईको जोडीले मध्याञ्चलका विवेक वोस र तीर्थ मल्लको जोडीलाई २१–१० र २१–१८ को सोझो सेटमा पाखा लगायो ।
शनिवारै सम्पन्न उमेन सिंगलतर्फ पूर्वाञ्चलका सीमा राजवंशीले पश्चिमाञ्चकी सुष्मा श्रेष्ठलाई २१–१२ र २१–१० तथा सीता राईले पश्चिामाञ्चलकी सकुन्तला भुषाललाई २१–१६ र २१–११ को सोझो सेटमा जिते । त्यस्तै एपीएफकी शिक्षा श्रेष्ठले मध्यपश्चिमाञ्चलकी सम्झना शर्मालाई २१–१२ र २१–८ को सोझो सेटमा र सोभा गौचनले मध्यपश्चिमाञ्चकै समिक्षा न्यौपानेलाई २१–१२ र २१–७ को सोझो सेटमा पन्छाइन् ।
मध्यमाञ्चलकी श्रेया प्रधानले सुदुर पश्चिमकी दुर्गा शर्मा भण्डारीलाई २१–१५ र २१–१२ को सोझो सेटमा हराइन् । सुदुरपश्चिमाञ्चकी गंगा विष्टले मध्याञ्चलकी श्रद्धेय प्रधानलाई २१–१३ र २१–११ को सोझो सेटमा पाखा लगाइन् ।
बक्सिङ
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत झापामा सञ्चालन हुने पाँच वटा खेल शनिवारदेखि सूरु भएको छ ।
राष्टिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्टले बक्सिङ्गको खेल सामाग्री हस्तान्तर गरी खेलको शुभआरम्भ गरे ।
महिलाको ४९ केजी तौलतर्फ मध्यपश्चिमका चन्द थापा, नेपाली सेनाका सुभाष विक र एपीएफका अस तामाङ्गले अग्रता लिएको छ । ५२ केजी तौलतर्फ मध्यमाञ्चलका प्रदिप महर्जन, एपीएफका विक्रम परियार र मध्यपश्चिमका प्रेम चौधरीले अग्रता लिएको छ ।
त्यस्तै ५६ केजी तौल तर्फ नेपाली सेनाका विमल रोक्का, पुर्वाञ्चलका राकेश राई मध्यमाञ्चलका गणेश थापा र एपीएफका पुरन राईले अग्रता लिएको नेपाल बक्सिङ्ग संघका केन्द्रिय उपाध्यक्ष भोजराज सिटौलाले जानकारी दिनुभयो ।
क्वाटरफाइनलमा अग्रता लिने खेलाडीहरु सेमीफाइलमा प्रवेश गरेको सिटौलाले जानकारी दिए । त्यस्तै दमकमा आइटीएफ तेक्वादो, मेची सामुदायिक कवर्ड हल काँकरभिट्टामा ब्याटमिन्टन, पासाङ ल्हामु कभर्ड हल धुलाबारीमा जुडो र जिम्न्यास्टिक खेल पनि सुरु भइसकेको छ ।
महिला फुटबल
सातौँ खेलकुद अन्तर्गत महिला फुटवल खेलमा शसस्त्र प्रहरी बलको एपीएफ टिम च्याम्पियन बनेको छ । सुनसरीको दुहवी रँगशालामा भएको रोमाञ्चक खेलकोनिर्धारित समयमा दुवै पक्षबाट कुनै गोल हुन सकेन ।
खेल अवधिभर प्रहरीले एपीएफलाई दवदवामा राखे पनि ट्राइव्रेकरमा एपीएफ बाजी मार्न सफल भयो । ट्राइव्रेकरमा एपीएफका तर्फबाट लक्ष्मि कुमारी पौडेल, मञ्जु डोङ, अनिता केसी र सृजना चेमजोङले गोल गरे । एपीएफको तर्फबाट तारा थिनले गरेको पेनाल्टी सुट पोलमा ठोक्एिर बाहिरिएको थियो ।
त्यसै गरि प्रहरीको तर्फबाट टीम क्याप्टेन धिम कुमारी गुरुङ र सृजना खड्काले मात्र गोल गर्न सके । त्यस्तै अमृता जैसीले गरेको प्रहार पनि एपीएफकी गोल रक्षक रुपा राना मगरले रोक्न सफल भइन् । मगर आजको खेलको उत्कष्ट खेलाडी पनि घोषित भइन् ।
महिला फुटवल अन्गर्तत सर्वाधिक गोल गर्ने खेलाडी प्रहरीकी निरु थापा भइन् । उनले खेल अवधिभर ५ गोल गरेकी थिइन् ।
अर्मी, मध्यमाञ्चल टीमलाई दुुइ, एकको गोल अन्तरले पराजीत गर्दै तेस्रो स्थानमा चित्त बुुझाउन पुुग्यो ।
सातौँ खेलकुदको औपचारीक उद्घाटन शुक्रवार विराटनगरमा भए पनि पुस २ गते देखि नै महिला फुटवल प्रतियोगीता शुरु भएको थियो ।
प्रतियोगीतामा विभागीए ३ टीम सँगै पाँच विकास क्षेत्रका एक एक टीम गरि ८टीम सहभागी भएका थिए । प्रतियोगितामा पहिलो बन्ने च्याम्पियन टिमलाई युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले नगद जनहि ७ हजार र स्वर्ण पदक प्रदान गरे ।
कराते : पर्शुरामको ह्याट्रिक
सशस्त्र प्रहरी बल एपिएफका पर्शुराम बास्तोलाले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्दै राष्ट्रिय खेलकुदमा ह्याट्रिक गर्न सफल भएका छन् ।
विराटनगरस्थित शहिद रङ्गशालामा भएको कराते प्रतियोगिता अन्तरगत पुरुष एकल कातामा बास्तोलाले नेपाली सेनाका डम्बर बहादुर आलेमगरलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।
उनले काठमाण्डौमा भएको पाँचौ र धनगढीमा भएको छैठौं राष्ट्रिय खेलकुदमा समेत स्वर्ण पदक हात पारेका थिए ।
ह्याट्रिक गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै उनले राष्ट्रिय खेलकुदमा लगातार तीन पटक विजयी भएकोमा निकै खुशी लागेको बताए ।
प्रतियोगितामा सुदूरपश्चिमका ललित खत्री र मध्यमाञ्चलका सुमन पुलामी मगरले कास्य पदक प्राप्त गरे ।
यस्तै महिला तर्फको एकल कातामा नेपाल प्रहरीकी निर्मला तामाङ्गले मध्यमाञ्चलकी अप्सरा मोक्तानलाई पाखा लगाउंदै स्वर्ण हात पारिन् । सशस्त्रकी सरिता श्रेष्ठ र सुदूरपश्चिमकी बर्षा साउदले कास्यमा चित्त बुझाए ।
पुरुष टिम कातामा पनि सशस्त्रले बाजी मा¥यो । सशस्त्रले विभागिय टोली सेनालाई पछि पार्दै स्वर्ण पदक प्राप्त गर्न सफल भयो । यसका साथै कराते तर्फ सेनाले दुई स्वर्ण प्राप्त गरेको छ । तेश्रो स्थानमा पूर्वाञ्चल र पश्चिमाञ्चल रहे ।
महिला टिम कातामा भने लाईटका कारण खेल स्थगित गरिएको छ । सेमिफाइनल सम्मको खेल सम्पन्न भईसकेपछि लाईटका कारण प्रतियोगिता स्थगित गर्न परेको रेफ्री संयोजक राजेन्द कपालीले जानकारी गराए । उनले प्रतियोगिताको फाइनल आईतबार विहान हुने जानकारी दिए । प्रतियोगितामा सुदूरपश्चिम र पश्चिमाञ्चलले कास्य पदक प्राप्त गरेका छन् । राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपालीले प्रतियोगिता विना बाधा सुचारु भएको बताए ।
टेनिस पोखरामा शुरु
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत टेनिस खेल शनिबारदेखि पोखरामा शुरु भएको छ । पहिलो दिन टिम इभेण्टका प्रतिस्पर्धाहरु भएका छन् ।
प्रतियोगितामा नेपाली सेना र नेपाल प्रहरीको टिमले बाई पाएर सिधै सेमिफाइनलमा पुगेको छ भने पुरुषतर्फ सशस्त्र प्रहरी बलले मध्य पश्चिमाञ्चललाई ३–० ले पराजित गरेर सेमिमा स्थान बनायो ।
सशस्त्र प्रहरिको तर्फबाट श्रीराम मगरले चन्द्रबहादुर थापालाई ७–५, ६–४ ले, सन्तोष खत्रिले प्रदिप शाहलाई ६–२,६–२ ले तथा सन्तोष खत्रि र श्रीराम मगरको जोडीले महेन्द्र प्रकाश गिरी र चन्द्रबहादुर थापाको जोडीलाई ६–३, ६–१ ले पराजित ग-यो ।
पुरुषतर्फनै भएको टिम इभेण्टमा नेपाल प्रहरीले मध्यमाञ्चललाई ३–० ले नै पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । नेपाल प्रहरीको तर्फबाट प्रणव खनालले अदित सुवेदीलाई ६–१,६–१ ले, कमल भण्डारीले अन्जन थिङलाई ६–०,६–०ले तथा रेञ्जन लामा र राजु श्रेष्ठको जोडिले सहर्ष बहादुर चन्द र अदित सुवेदीको जोडिलाई ६–२, ६–३ ले पराजित गरे ।
पुरुषतर्फ पश्चिमाञ्चलले सुदुर पश्चिमाञ्चललाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । पश्चिमाञ्चलका निरज थापाले निरज विष्टलाई ६–०, ६–० ले, प्रदिप खड्काले सम्मेलन योगीलाई ६–०, ६–० ले तथा निरज थापा र प्रदिप खड्काको जोडीले निरज विष्ट र सम्मेलन योगीको जोडीलाई ६–०, ६–० कै सहज सेटमा पराजित गरेको थियो ।
महिलातर्फ एपीएफले मध्यमाञ्चललाई ३–० ले पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको छ । एपीएफका विभुती कार्कीले स्नेहा यादवलाई ६–०, ६–०ले भगवति बिवले रायना शाहलाई ६–२, ६–२ ले तथा विभुती कार्की र बिजिसा श्रेष्ठको जोडीले सर्भानी स्नेहा यादवलाई ६–०, ६–१ पराजित गरे ।
त्यस्तै पूर्वाञ्चलले पश्चिमाञ्चललाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पूर्वाञ्चलका सलोनी तामाङ्गले प्रिति बराललाई ७–५, ६–२ ले, प्रेरणा कोइरालाले गंगा सर्मालाई ६–२, ६–३ ले तथा प्रेरणा र सलोनीको जोडीले अनु रोक्का र सुभांगी लक्ष्मी शाहको जोडीलाई ६–०, ६–१ ले पराजित गरे ।
सफ्ट टेनिस
सफ्ट टेनिसको पुरुष सिंगल्समा मध्यमाञ्चलका निर्मल स्थापित, पूर्वाञ्चलका अभिषेक कार्की र सुदूरपश्चिमाञ्चलका रमेश पाण्डेले जित हात पारेका छन् ।
निर्मलले मध्यपश्चिमाञ्चलका विनोद मगरलाई ४–० तथा अभिषेकले मध्यपश्चिमाञ्चलका सुभम खनाललाई ४–० ले पराजित गरे । रमेशले पूर्वाञ्चलका आशिष बोहरालाई टाइब्रेकरमा ७–३ ले हराए ।
महिला सिंगल्समा मध्यपश्चिमाञ्चलकी मेघा श्रेष्ठले पूर्वाञ्चलकी जर्जिया चौधरीलाई ४–०, मध्यपश्चिमाञ्चलकी सिर्जना राना मगरले सोही क्षेत्रकी दीपा आलेलाई ४–० तथा मध्यमाञ्चलका शिव भट्टराईले पूर्वाञ्चलकी श्रीयला योञ्जनलाई ४–१ ले पाखा लगाए ।
टेबलटेनिस
सातौं राष्ट्रिय खेलकुद अन्तरगत भएको टेबल टेनिस तर्फ पुरुषको टिम ईभेन्टस्मा एपिएफले फाइनलमा पुलिसको सामना गर्ने भएको छ ।
एपिएफले मध्यमाञ्चललाई ३–०ले र पुलिसले पूर्वाञ्चललाई ३–१ले हराउंदै स्वर्ण प्रतिस्पर्धाको लागि आमने सामने गर्ने भएका छन् ।
यस अघि भएको सेमिफाईनलको खेलमा एपिएफले आर्मीलाई ३–२ले र मध्यमाञ्चलले सुदूरपश्चिमलाई ३–०ले पराजित गरेका थिए । यस्तै पुलिसले पश्चिमाञ्चललाई ३–० र पूर्वाञ्चलले मध्यपश्चिमलाई ३–१ले हराएका थिए ।
विराटनगरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला टिम ईभेन्ट्सको खेलमा पनि सशस्त्रले फाइनलमा पुलिसको सामना गर्ने भएको छ ।
सशस्त्रले सेमिफाइनलमा मध्यमाञ्चललाई ३–०ले र पुलिसले आर्मीलाई ३–१ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।
पुरुष जोडी तर्फको खेलमा पुरुष तर्फ पुलिसका दीप साउन र स्यान्टु श्रेष्ठको जोडी पूर्वाञ्चलका महाविर र दिवसको जोडीलाई ११–५, ११–७ र १२–१०ले पराजि गर्दै सेमिमा स्थान बनाएका हुन् ।
यस्तै एपिएफका शिवसुन्दर गोथे र अमरलाल मल्लको जोडी सेनाको कृष्ण र मनीको जोडीलाई १२–१०, ११–९ र ११–५ले, पुलिसका प्रदीप रोक्का र विनेश खनियाको जोडीले पूर्वाञ्चलका गणेश र करणको जोडीलाई ११–४, ११–७, ७–११ र ११–६ले तथा एपिएफका पुरुषोत्तम र चन्दन शाहीको जोडीले मध्यमाञ्चलका रिज जोशी र विपुल महर्जनको जोडीलाई ११–८, ११–७ र ११–७ले पराजित गर्दै सेमिमा स्थान पक्का गरे ।
महिला जोडी तर्फको खेलमा आर्मीका रविना र स्वेच्छा नेवाङ्गको जोडीले पश्चिमाञ्चलका अमृता र गिताको जोडीलाई ११–८, १३–११ र ११–६ले, एपिएफका शैलेष र सोनुको जोडीले पुलिसका सुजाता र मञ्जुको जोडीलाई ११–७, ११–४ र ११–८ले, आर्मीका दिक्षा र शिखाको जोडीले पूर्वाञ्चलका अपेक्षा र गिताको जोडीलाई ११–२, ११–५, ८–११, ९–११ र ११–८ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे । यस्तै सेमिफाइनल प्रवेश गर्ने अर्को जोडीमा पुलिसका नविता श्रेष्ठ र एलिना महर्जनको जोडी रह्यो । नविता र एलिनाको जोडीले मध्यमाञ्चलका निकिता र मारियाको जोडीलाई तीनै सेट ११–५ले हराए ।
मिक्स डबल तर्फको खेलमा पुलिसका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडी सेमिफाइनल प्रवेश गरेका छन् । श्रेष्ठ र महर्जनको जोडीले मध्यमाञ्चलका रिज जोशी र पल्पसाको जोडीलाई ३–०ले पराजित गरेका थिए । यस्तै आर्मीका कृष्ण र रविना महर्जनको जोडीले पूर्वाञ्चलका गणेश र अपेक्षाको जोडीलाई ३–०ले, एपिएफका पुरुषोत्तम र सोनुको जोडीले पूर्वाञ्चलका करण राई र गिता भुजेजको जोडीलाई तथा पुलिसका दीप साउन र नविताको जोडीले मध्यपश्चिमका नरेश र पवित्राको जोडीलाई समान ३–०ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् ।
जुडोमा ९ स्वर्ण
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत झापामा सञ्चालन हुने पाँच वटा खेल शनिवारदेखि सूरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको सहकार्यमा झापामा शनिवारदेखि बक्सिङ, आइटीएफ तेक्वादो, व्याटमिन्टन, जुडो र जिम्न्यास्टिक खेल सुरु भएको हो ।
प्रतियोगिता अन्तरगत झापाको धुलावारीमा सम्पन्न जुडो खेलमा विभिन्न उमेर समूहका ४ महिला सहित ९ वटा स्वर्ण प्राप्त गरेका छन् । शुक्रबार सम्पन्न खेलमा ९ जनाले स्वण्र्ढा जितेका हुन् ।
४८ केजी समूह महिलातर्फ नेपाल आर्मीकी रिता चौधरी, ५७ केजीतर्फ नेपाल आर्मीकै मनिता श्रेष्ठ प्रधान, ७० केजीतर्फ मध्यामञ्चलकी सुनिता मगर, ७८ केजीतर्फ सुदुर पश्चिमकी सुनिता बोहोराले स्वर्ण जित्न सफल भएकी छिन् ।
यसैगरी ४८ केजी महिलातर्फ मध्यपश्चिमकी सारदा खत्री, ५७ केजीतर्फ मध्यमाञ्चलकी शर्मिला तामाङ, ७० केजीतर्फ मध्यमाञ्चलकी सम्झना चौधरी र ७८ केजीतर्फ नेपाल आर्मीकी आकृति जोशीले रजत जितेका छन् ।
यसैगरी ४५ केजी पुरुष समूहतर्फ नेपाल आर्मीका सुबोद मण्डल, ५५ केजीतर्फ मध्यमाध्याञ्चलका किरण कडेल, ६६ केजीतर्फ मध्याञ्चलका इन्द्रहादुर श्रेष्ठ, ५१ केजीतर्फ मध्यामञ्चलका मोहन सुनुवार, १०० केजीतर्फ मध्यमाञ्चलका रविन श्रेष्ठले स्वर्ण जितेका छन् ।
यसैगरी, ५५ केजीतर्फ नेपाल आर्मीका कर्म तामाङ, ६६ केजीतर्फ नेपाल पुलिसका टिकाराम चौधरी, ५१ केजीतर्फ नेपाल पुलिसका सन्तोष सुनार, १०० केजी उमेर समूहमा नेपाल आम्रीका शिवबहादुर बरामले रजत पदक प्राप्त गरेका छन् । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट र पूर्व खेलकुद मन्त्री पुरुषोतम पौडेलले गरेका थिए । आइतवार ५५ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
शिर्ष खेलाडीहरुको विजय यात्रा
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत चेस खेल धनकुटामा सुरु भयो । प्रतियोगिता अन्तरगत खुला तर्फ ३८ तथा महिला तर्फ २५ खेलाडी सहभागि छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल बुद्धीचाल संघको संयोजनमा जारी प्रतियोगिताको प्रमुख अतिथी नेपाल बुद्धीचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले उद्घाटन गरे ।
पहिलो दिन शिर्ष बरियताका धेरै खेलाडीले जित हात पारेका छन् । खुला तर्फ शिर्ष बरियताका नेपाल आर्मी क्लबका केशब श्रेष्ठले मध्य पश्चिमका तीर्थ विक, दोश्रो बरियताका मध्यमाञ्चलका मदनकृष्ण कायस्थले मध्यमाञ्चलकै रबिन्द थापा, नेपाल आर्मीका भुपेन्द निरौलाले सुदुर पश्चिमका कीर्त बहादुर जोरा तथा चौथो बरियताका खेलाडी क्षितिज भण्डारीले मध्यमाञ्चलका सञ्जय मर्हजनलाई पराजित गरे ।
पूर्वाञ्चलका सुमन राइले ओलम्पियाड खेलाडी सजिन मर्हजनलाई हराए । एपीएफका सुमित पन्त र सुदुर पश्चिमका प्रकास ओझा ।
महिला तर्फ नेपाल आर्मीकी मोनालीसा खुम्बु, सुजना लोहनी र सीन्दीरा जोशीले विजयी सुरुवात गरे ।

















प्रतिक्रिया