३१ आश्विन २०८३, शनिबार

प्रहरीले छापा मार्दा भक्तपुरमा आपत्तिजनक अवस्थामा समातिए १० महिला र पुरुष

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ८ पुस । भक्तपुरमा प्रहरीले रेष्टुरेष्टमा छापा हान्दा ६ महिलासहित १० जना आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त भक्तपुरले शुक्रबार भक्तपुरको जगातीदेखि साँगासम्म सडक छेउमा चलेका पाँचवटा रेस्टुरेन्टहरुमा छापा मारी ६ महिला र रेस्टुरेन्ट सञ्चालकसहित चारजना पुरुषलाई नियन्त्रणमा लिएको हो ।

खाजा तथा खाना खाने रेस्टुरेन्टमा महिला र पुरुष आपत्तिजनक अवस्थामा भेटिएपछि नियन्त्रणमा लिइएको वृत्तका प्रमुख प्रहरी नायक उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

राजमार्ग दायाँबायाँ सञ्चालित रेष्टुरेन्टले भाडामा व्यवसायिक रुपमै यौनकर्मी महिलाको व्यवस्था गरेको भन्ने उजुरीको आधारमा छापा मारिएको प्रहरीले जनाएको छ ।