३१ आश्विन २०८३, शनिबार

भारतको हरियाणामा नयाँ शक्तिको अन्तर्क्रिया कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । नेपालमा घर घरमा नयाँ शक्ति अभियान चलाएको नयाँ शक्ति पार्टीले भारत लगायत बिश्वमा नेपालीहरुको बसोबास रहेको धरै देशमा आफ्नो अंगिग बिभाग गठनलार्इ तीब्रता दिएको छ ।

हिजो मात्र पार्टीका अंतरिम केंद्रीय परिसद सदस्य, अन्तर्रास्ट्रिय नेपाली समाज कतारका संयोजक तथा नयाँ शक्ति नेपाल प्रादेशिक बिभागका युवा संयोजक बि बि खरालको प्रमुख आतिथ्य तथा युवा शक्ति केन्द्रका सह संयोजक तथा नयाँ शक्ति भारतका सचिवालय सदस्य प्रकाश नेपाली, भारतका युवा संयोजक माइकल क्षेत्री बिसेष आतिथ्य र हरियाणा राज्यका विकास थापा, सूर्य बहादुर थापा,युवा कमिटिका दिपक कुमार आदि उपस्थितिमा हरियाणामा राज्या भेला संपन्न भयो भने कार्यक्रमको सभापतित्व विजय बिकले गरेका थिए ।

सयु महिला हरुको समेत उपस्तिथि रहेको उक्त कार्यक्रम सास्कृतिक आभियान सहित सुदुर पश्चिमी देउडा गीत सहित घोषणा कार्यक्रम भब्यरुपम सम्पन्न भएको थियो । विदेशबाट आन्दोलन मच्याएर प्रत्येक कार्यकारी राष्ट्रपति शासन र घर फर्किए अभियान सहित भ्रष्टाचार विरुद्ध आन्दोलन गर्ने योजना सहित हाल भारतमा पनि युवा कमिटी ,घोषणा र अभियानमा भारत आएको सभाका प्रमुख अतिथि बि बि खरालले बताएका थिए ।

त्यस्तै विशेष अतिथि तथा उप संयोजक प्रकाश नेपालीले ‘हिजोको दिनमा माओवादीको आधार इलाका भारत रहेको र भारतमा बस्ने नेपालीहरूले माओवादी आन्दोलन सफल पार्न गर्नु भएको त्याग बलिदानलाई माओवादीले कुठारघात गरेको । सात दशक सम्म नेपाली क्रान्तिलाई सफल पार्न भारतमा बस्ने श्रमजीवी नेपालीलाई सपना मात्र देखाउने गरि धोका दिई अब त्यस्तो नहुने बताउदै पुरै भारतलाई नयाँ शक्ति मय एवं युवा आन्दोलन अभियानलाई सशक्त पार्ने बताए ।

सोहि क्रममा भारतका युवा संयोजक माइकल क्षेत्रीले भारतमा यति छिटो समयमा पनि हामी युवा अभियानलाई ससक्त पार्न हामीले अस्ति दिल्ली प्रदेशमाको कार्यक्रमबाट घोषणा गरेको र अभियान हामी हाल हरियाणा प्रदेश आई त्यसपछी पन्जाब,गुजरात,माहरास्ट्र ,गोवा,बेङलोर कलकत्ता सम्म पुग्ने र युवा आन्दोलनबाट राजनैतिक नेतृत्व सहित हस्तक्षेप गरेर अबको निकास आर्थिक विकास भन्ने नारा सहित राज्यको नेतृत्व र भ्रष्टाचार र कुशासन विरुद्ध युवा आन्दोलन मचाउने बताएका थिए ।

त्यस्तै हरियाणा राज्यको युवा कमिटीको संयोजक करन नेपाली र सचिव नारायण बिक सहित ३१ कमिटी घोषणा भएको छ। उक्त कार्यक्रमको संचालन प्रवेश नेपालीले गरेका थिए ।