३१ आश्विन २०८३, शनिबार

नेपाल र चीन संयुक्त सैन्य अभ्यास हुने, चिनियाँ सेनाको फौज नेपाल आउँदै!

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ ।

सैनिक स्रोतका अनुसार सन् १९५५ मा दौत्य सम्बन्ध कायम भएयता नेपाल र चीनबीच आगामी वर्षको फेब्रअरीमा पहिलोपटक संयुक्त सैन्य अभ्यास हुन लागेको हो ।

यद्यपी मिति तय भइसकेको छैन् । ‘नेपाली सेनाको आतंक प्रतिकारसम्बन्धी अभ्यासबाट प्रभावित भएर चीनले संयुक्त अभ्यासको प्रस्ताव गरेको हो, आगामी वर्षको फेब्रअरीभित्र तालिम सञ्चालन हुने गरी छलफलमा जुटेका छौं,’ नेपाली सेनाका एक उच्च अधिकारीले भने- ‘यो नेपालका लागि गौरवको कुरा हो ।’

छिमेकी मुलुकहरुसँग संयुक्त अभ्यास गरेर आतंक प्रतिकारसम्बन्धी युद्धकला अध्यावधि गर्ने चिनियाँ सेनाको रणनीति अन्तर्गत नेपाली सेनासँग पनि संयुक्त सैन्य अभ्यास सुरु हुन लागेको बताइएको छ ।

नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले संयुक्त सैन्य अभ्यासबारे प्रारम्भिक छलफल मात्रै भएको  बताए । ‘चिनियाँ पक्षबाट आएको प्रस्तावमा अहिले यो प्रारम्भिक छलफल मात्रै हो, संयुक्त अभ्यासबारे निर्णय भइसकेको छैन ।’

चिनियाँ सेनाले यसरी गर्यो प्रस्ताव

चीन भ्रमणमा क्रममा प्रधानसेनापति क्षत्री ।

विश्वमा आतंककारी घट्नामा वृद्धि भइरहेकै बेला चार महिनाअघि गत असोज २३ मा नेपाली सेनाले भक्तपुरमा आतंकप्रतिकार–१ नामक अभ्यासको सुरुवात गरेको थियो । उक्त अभ्यासमा काठमाडौंस्थित अमेरिका, चीन र भारतसहित विभिन्न देशका सैनिक सहचारीलाई समेत सेनाले निम्त्याएको थियो ।

नेपाली सेनाको विशेष फौज बाहिनीअन्र्तगतको युद्धभैरव गणले ‘होस्टेज रेस्क्यु’ सम्बन्धी कथावस्तुमा आधारित रहेर सञ्चालन गरेको उक्त तालिममा प्रधानसेनापति राजेन्द्र क्षेत्रीसहित अन्य सुरक्षा निकायका प्रमुख र गृह तथा रक्षामन्त्रालयका उच्च अधिकारीहरु समेत सहभागी थिए ।

बंगलादेशको राजधानी ढाकाको होले आर्टिशन वेकरीमा गत वर्ष ५ जना आतंककारीहरुले फायर खोली बन्दी बनाएर सुरक्षाकर्मीले प्रतिकार गरी उद्धार गरेको बास्तविक घटनाको कथावस्तुमा आधारित रहेर सेनाले उक्त अभ्यास देखाएको चार महिनापछि छिमेकी चीनको सेनाले उक्त अभ्यासवाट प्रभावित भएर आतंकप्रतिकारसम्बन्धी संयुक्त सैन्य अभ्यास गर्न औपचारिक प्रस्ताव गरेको हो ।

चिनियाँ सेनाका सिनियर कर्णेल काठमाडौंमा

यसैबीच आतंक प्रतिकारसम्बन्धी संयुक्त सैन्य अभ्यासबारे छलफल गर्न चिनियाँ सेनाका सिनियर कर्णेल लिओ ज्याम्लीनपाङ् सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अहिले नेपाल भ्रमणको क्रममा काठमाडौंमै रहेको सैनिक स्रोतले बतायो । उनी चिनियाँ सेनाको तिब्वत कमाण्डअन्र्तगतको स्टाफ विभागको तालिम शाखाका निर्देशकसमेत हुन् । ज्याम्लीनसँगै टोलीमा काठमाडौंस्थित चिनियाँ सेनाका सैनिक सहचारी कर्णेल लिउ जिआगोङ्ग पनि छन् ।

यसअघि प्रधानसेनापति राजेन्द्र क्षत्रीको चीनको औपचारिक भ्रमणमा पनि चिनियाँ सेनाका उच्च अधिकारीसँग द्धिपक्षीय सैनिक सम्बन्धी संयुक्त सैन्य अभ्यासको सम्भाव्यताबारे छलफल र समझदारी भएको थियो ।

रोशन खड्काबाट ।