न्यूयोर्क, ५ पुस । अमेरिकामा भएका अलग–अलग सडक दुर्घटनामा तीन जना नेपालीहरूको मृत्यु भएको छ ।
एक हप्ताभित्र भएका सडक दुर्घटनामा अश्लेशा पण्डित, ममता कंडेल तथा ३८ वर्षीया सरिता शाक्यको मृत्यु भएको हो ।
क्यालिफोर्निया राज्यको सान्डियागोमा भएको सडक दुर्घटनामा शाक्यको कार दुर्घटनामा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । शाक्य दश वर्षदेखि सान्डियागोमा बस्दै आएकी थिइन् ।
मादक पदार्थ सेवन गरेर तीब्रगतिमा चलाएको सवारी साधनले शनिबार राति गलत दिशाम शाक्य सवार कारलाई ठक्कर दिएको थियो ।















प्रतिक्रिया