३१ आश्विन २०८३, शनिबार

रुपन्देहीमा चर्चित थिए दुर्गा तिवारी, जसको पहिले पनि हत्या गर्न खोजिएको थियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, ४ पुस । रुपन्देहीको युवा राजनीतिमा चर्चित व्यक्ति थिए दुर्गा तिवारी । जो सोमबार दिउँसो यो संसारबाटै विदा भए ।

हो, नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष तिवारीको सोमबार दिउँसो देवदह– ६ खैरेनी बजारमा हिडिरहेको अवस्थामा अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएको छ ।

उनलाई रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले छातिमै गोली हाने । रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी बेलबहादुर पाण्डेका अनुसार गोली लागेर गम्भीर घाइते भएका तिवारीको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भयो ।

युवा संघका केन्द्रीय उपाध्यक्ष राजु गुरुङका अनुसार उनी केही दिनयता पाँच नम्बर प्रदेश टुक्राउन हुन्न् भनेर सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोध खुलेरै आन्दोलनमा लागेका थिए ।

यसअघि पनि भएको थियो हत्याको प्रयास

अज्ञात समूहको गोली प्रहारबाट मारिएका युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको यसअघि पनि हत्याको प्रयास भएको थियो । प्रहरीका अनुसार यसअघि पनि गोली प्रहार भएको थियो । तर, उनी बाच्न सफल भएका थिए ।

यसपटक भने उनले गोलीलाई पनि छल्न सकेनन् र मृत्युसँग हारे ।

हेर्नुस् युवा नेता तिवारीका केही तस्वीरहरुः