४ मंसिर २०८३, शुक्रबार

संसद बैठक आज पनि बस्दै, कुरा नमिले एमालेले अबरोध गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ४ पुस । एमालेको अबरोधका कारण पटक पटक चल्न नसकेको संसदको बैठक आजका लागि आह्वान गरिएको छ ।

दिउँसो एक बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बोलाइएको बैठकमा विभिन्न विधेयकमा छलफल हुने कार्यक्रम छ ।

अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा पनि छलफल हुन सकिरहेको छैन ।

एमालेले संविधान संशोधनको विधेयकलाई फिर्ता लिन माग गरेर संसदको बैठक अबरोध गर्दै आएको छ ।

तर सरकारले सो विधेयकलाई कुनै पनि हालतमा फिर्ता गर्न नसकिने जनाउँदै आएको छ । सोही कारण सरकार र विपक्षी दलबीच दुरी बढिरहेको पनि छ ।