३१ आश्विन २०८३, शनिबार

७औं राष्ट्रिय खेलकुदमा डोटी ९ खेलमा सहभागिता हुने

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली

टी, ४ पुस । यहि पुस ८ गतेदेखि १५ गतेसम्म पुर्वाञ्चलको विराटनगरमा आयोजना हुन गइरहेको ७ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा डोटीले विभिन्न ९ वटा विधाका खेलमा सहभागिता जनाउने भएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने २४ विधाका खेलमध्ये डोटीले ९ वटा विधाका खेलमा सहभागिता जनाउन लागेको जिल्ला खेलकुद विकास समिति डोटीका कार्यालय प्रमूख किरणप्रकाश श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला फुटबल, पुरुष फुटबल, बास्केटबल, ह्याण्ड बल, तेक्वान्दो, पुरुष भलिबल, चेस, खो–खो र महिला कबर्दीमा डोटीले सहभागिता जनाउन लागेको छ । ति ९ वटै विधाका खेलमा १३ जना खेलाडी सहभागि हुने छन् ।

जस अन्तरगत तेक्वान्दोमा पुरुषतर्फ ईन्द्र बहादुर सिंह र महिलातर्फ चाँदनी मल्ल रहेका छन् । तेक्वान्दोका यि दुवै खेलाडीले क्षेत्रीय प्रतियोगितामा स्वर्ण पदक जितेको तेक्वान्दोका डोटी जिल्ला सहायक प्रशिक्षक हर्क बहादुर बोगटीले जानकारी दिए ।

त्यस्तै पुरुष भलिबलमा जनकबहादुर खड्का र डम्बर भट्टराई, बास्केट बलमा भुवन कडायत, ह्याण्ड बलमा प्रदिप बोहराले सहभागिता जनाउने भएका छन् ।

महिला फुटबलमा सोनु खत्री, मोनिका श्रेष्ठ, रजनी के.सी. छन् भने पुरुष फुटबलमा आयुष घले रहेका छन् ।

पुरुषतर्फको चेसमा प्रकाश ओझा, खो–खोमा शंकर बिष्ट र महिला कबर्दीमा वैकल्पिक खेलाडीका रुपमा जमनुा बिष्टले राष्ट्रिय खेलकुदमा प्रतिष्पर्धा गर्ने भएका छन् ।

जिल्ला खेलकुद विकास समितिमा खेल प्रशिक्षकको अभाव हुँदाहुँदै पनि खेलाडीले उच्च मनोबलका साथ खेलिरहेको फुटबलका पूर्व खेलाडी हरिओम श्रेष्ठले बताए ।

जिल्लामा तेक्वान्दो बाहेक अन्य कुनै पनि विद्याका खेल प्रशिक्षकको व्यवस्था नहुनु, सुविधायुक्त कवर्ड हल र खेलमैदानको अभाव लगाएतका विषयमा सरोकारवालाहरुले चासो नदेखाएकाले डोटीमा खेल क्षेत्रमा चाहे जति प्रगति हुन सकेको देखिंदैन ।