३१ आश्विन २०८३, शनिबार

नेपाली दूतावास र एनआरएन बेल्जियमबीच अन्तरक्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– बिष्णु सापकोटा

बेल्जियम । नेपाली दूताबास ब्रसेल्स तथा गैर आवासीय नेपाली संघ बेल्जियम लगाएत बेल्जियमस्थित सम्पूर्ण नेपाली संघसंस्थाहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम लुभेनको ओन्जहाउसमा सम्पन्न भएको छ ।

नेपाली दूताबास ब्रसेल्सका नव नियुक्त राजदूत लोकबहादुर थापाको प्रमुख आतिथ्यता तथा गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमको सभापतित्वमा भएको उक्त कार्यक्रमा नेपाली दुतावासका प्रथम सचिव ललिता शिलवाल एवं गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव अर्जुन कुमार श्रेष्ठ बिशिष्ठ अतिथि, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदकी महिला उपसंयोजक रजनी प्रधान आईसीसी सदस्य चिजकुमारश्रेष्ठ साथै बेल्जियम रहेका जातीय, क्षेत्रीय, बैचारिक, सामाजिक, धार्मिक गरि करिव ४० संघ–सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै राजदुत थापाले बेल्जियममा रहेका नेपाली संघ संस्था हरु संग कसरी समन्वय, सहकार्य गरि कसरी अगाडी बढ्न सकिन्छ भन्ने पाच वटा अवधारणा प्रस्तुत गरेका थिए ।