३१ आश्विन २०८३, शनिबार

रोनाल्डोको हृयाट्रिकमा रियल मड्रिडले जित्यो क्लब वर्ल्डकप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । स्टाइकर क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकको मद्दतमा रियल मड्रिडले फिफा क्लब वर्ल्डकपको उपाधि जितेको छ ।

जापानको योकाहामास्थित निसान स्टेडियममा आइतबार भएको फाइनलमा रियल मड्रिडले जापानी क्लब कासिम अन्टलर्सलाई उसकै घरेलु मैदानमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

खेलमा रियल मड्रिडले नवौं मिनेटमा नै अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्त्यतिर घरेलु टोलीले गोल फर्काएपछि खेल बराबरीमा अघि बढ्यो ।

खेलको ५२ औं मिनेटमा जापानी क्लब कासिमले गोल गर्दै अग्रता लियो । तर, ६० औं मिनेटमा रोनाल्डोले गोल फर्काउँदै खेललाई फेरि बराबरी स्थितीमा ल्याए ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि ३० मिनेट थपियो । जसको ९७ औं मिनेट पहिलो गोल रोनाल्डाले गरे । त्यसपछि रोनाल्डोले १०४ औं मिनेटमा दोस्रो गोल गर्दै खेलमा हृयाट्रिक पुरा गरे ।