काठमाडौं, ३ पुस । श्रीलंकामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि १ विकेटको जित हात पारेको छ ।
प्रतियोगिताको पहिलो खेलमा श्रीलंका र दोस्रोमा भारतसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको नेपालले आइतबार कोलम्बोमा भएको खेलमा अर्को समूहबाट बाहिरिएको मलेसियालाई १ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।
टस जितेर मलेसियालाई पहिले ब्याटिङको निम्तो दिएको नेपालले मलेसियाबाट १५४ रनको मध्यम लक्ष्य पाएको थियो । जवाफी व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४४.४ ओभर खेल्दै ९ विकेट गुमाएर विजयी लक्ष्य पूरा गर्यो ।












प्रतिक्रिया