काठमाडौं, ३ पुस । सुनकोसी नदीमा जीप खस्दा ६ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौंबाट खोटाङको हलेसी जाँदै गरेको बा १२ च ८८ ९७ नम्बरको स्कार्पियो जीप आइतबार दिउँसो सिन्धुलीको रत्नावती–३, सुखुखोलानजिक मध्यपहाडी राजमार्गबाट सुनकोसी नदीमा खसेको हो ।
घटनामा गम्भीर घाइते दुई महिलालाई उपचारका लागि अस्पताल लगिएको छ र हराइरहेका एक जनाको खोजी भइरहेको छ ।












प्रतिक्रिया