४ मंसिर २०८३, शुक्रबार

मोबाइल र घडी पनि पार्टीलाई बुझाउने प्रधानमन्त्री दाहालको घोषणा

26.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रयोग गर्दै आएको मोबाइल र घडी समेत पार्टीलाई बुझाउने घोषणा गरेका छन् ।

सम्पत्ति विवरणको जताततै आलोचना भएपछि प्रचण्डले शनिबार साँझ नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ मार्फत आफूले प्रयोग गर्दै आएको मोवाइल र घडी पनि नेतृत्वमा नरहँदा पार्टीलाई बुझाउने घोषणा गरे ।

निजी सम्पत्ति युद्धकालमै पार्टीलाई बुझाएकाले कम देखिएको उनको स्पष्टोक्ति छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भर्खरै सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्रीको सम्पत्ति १ कठ्ठा जमीन र ३ तोला सुन देखाइएको छ ।

जसलाई अधिकांशले पत्याएनन् र, आलोचना गरे । धेरैले सम्पत्ति विवरणमा १५ लाख मूल्य पर्ने घडी किन उल्लेख नगरेको भन्ने प्रश्न उठाएपछि प्रचण्डले घडी पनि पार्टीलाई दिने घोषणा गरेका हुन् ।

‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा प्रचण्डले आफूले कहिल्यै पनि व्यक्तिगत सम्पत्ति जम्मा गर्ने नसोचेको बताए ।

‘मसँग शिवनगर चितवनमा दाजुभाई छुट्टिदा आएको डेढ विगाह सम्पत्ति पार्टीलाई बुझाएका हौं । हामीले व्यक्तिगत सम्पत्ति राखेका छैनौं,’ प्रचण्डले भने, ‘मैले सांसद वा प्रधानमन्त्रीको हैसियतले आएको सबै खर्च चलाउछु, तर जे जति छन्, ती सबै पार्टीकै हुन् ।’