३१ आश्विन २०८३, शनिबार

प्रचण्डलाई अर्काे धक्का, माओवादी पोलिटब्युरो सदस्य कडायतलाई बाबुराले भित्र्याए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री भीम कडायतले पार्टी परित्यागको घोषणा गरेका छन् । र, शनिबार नयाँ शक्ति नेपाल पार्टीमा प्रवेश गरेका छन् ।

राजधानीमा आयोजित एक समारोहका बीच नेता कडायतलाई नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले पार्टीमा स्वागत गरे । कडायतसँगै केन्द्रीय सदस्य शिवसिंह ओली लगायत दर्जनौ नेता कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गरेको संयोजक बाबुराम भट्टराईले फेसबुकमार्फत जानकारी गराएका छन् ।

कडायत नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य थिए । सुदूरपश्चिमको अछामका घर भएका कडायतले माओवादीले आफ्नो एजेण्डा बिर्सिएको र अबको परिवर्तनकारी शक्ति नयाँ शक्ति मात्रै भएकाले आफूले माओवादी छाडेर नयाँ शक्तिमा आएको बताए ।

केही दिनअघि कडायत लगायत नेताले माओवादी छाड्ने खबर बाहिरिएको थियो । माओवादी केन्द्रले सत्ताको नेतृत्व गरिसँगै पछिल्लो समय पार्टी परित्याग गर्ने बढेका छन् ।