३१ आश्विन २०८३, शनिबार

यू-१९ क्रिकेटमा भारतविरुद्ध नेपालले बनायो नयाँ रेकर्ड!

9.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । उन्नाइस वर्षमुनी (यू-१९)को क्रिकेट खेलमा नेपालले भारतविरुद्ध नयाँ रेकर्ड बनाएको छ ।

श्रीलंकाको कोलम्बोमा जारी एसिया कपमा शुक्रबार नेपालले भारतलाई अहिलेसम्मकै सबैभन्दा ठूलो रनको लक्ष्य दिएर रेकर्ड बनाएको हो ।

एसिया कपमा समूह ए को दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर १७२ रन बनायो । र, यो भारतका लागि १७३ रनको विजयी लक्ष्य हो ।

यसअघि नेपालले ढाकामा भएको युवा विश्वकपमा भारतलाई १६९ रनको लक्ष्य दिएको थियो ।

नेपाल र भारतबीच हालसम्म ४ पटक प्रतिस्पर्धा भइसकेको छ । जसमा आजको खेलको स्कोर सवैभन्दा ठूलो स्कोर हो ।