काठमाडौं, १ पुस । श्रीलंकामा जारी एसीसी यू–१९ एशिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसामू १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर १७२ रन जोड्यो ।
भारत केहिबेरमा जवाफी व्याटिङ गर्दैछ ।
नेपालका लागि रोहित कुमार पौडेलले सर्बाधिक ६८ रन बनाए । दिपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । ओपनर आसिफ शेखले १८ रन बनाए । विकेटकिपर ब्याट्सम्यान प्रकाश केसीले १३ र कप्तान सन्दीप लामिछानेले नेपालको खातामा ७ रन जोडे । अन्य व्याट्म्यानले खासै प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ भारतका राहुल चाहरले सर्बाधिक ५ विकेट लिए ।
















प्रतिक्रिया