३१ आश्विन २०८३, शनिबार

मध्यपश्चिम क्षेत्रीय पुरुष भलिबलको उपाधि रुकुमलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अमरराज पुन

रुकुम, ३० मंसिर । सातौं राष्ट्रिय खेलकुद अन्तर्गत रुकुममा सम्पन्न मध्यपश्चिम क्षेत्रिय पुरुष भलिबलको उपाधी रुकुमले जितेको छ ।

आज भएकोे फाईनल खेलमा रुकुमले दैलेख जिल्लालाई ३–१ ले पराजित गरेको हो । रुकुम संग पराजित दैलेख भने उपविजेतामै सिमित बनेको छ ।

त्यस्तै क्षेत्रिय पुरुष भलिबलको छनौट प्रतियोगितामा कालिकोट तेस्रो भएको छ । तेस्रो स्थानका लागि आजै भएको प्रर्तिस्पर्धामा कालिकोटले जुम्लालाई ३–२ ले हराएको थियो ।

छनौट प्रतियोगितामा प्रथम, दृत्तिय र तृतिय स्थान प्राप्त गर्ने तिनै जिल्लाका खेलाडीहरुलाई प्रमाणपत्र, मेडल र पुररस्कार समेत प्रदान गरिएको छ ।

सम्पन्न क्षेत्रिय पुरुष भलिबल छनौट प्रतियोगिता सकिए लगत्तै अब मध्यपश्चिमबाट नेतृत्व गर्ने खेलाडीहरुको नामावली भने केही दिनपछि सार्वजनिक गर्नेे बताईएको छ ।

मंसिर २६ गतेदेखि रुकुम मुसिकोटमा सुरु भएको क्षेत्रिय पुरुष भलिबल खेलमा मध्यपश्चिमका १५ ओटा जिल्लाका भलिवल खेलाडीहरुले सहभागिता जनाएका थिए । यसअघि २०६८ सालको क्षेत्रिय पुरुष भलिबलको उपाधि पनि रुकुमले नै जितेको थियो ।