काठमाडौं, ३० मंसिर । व्यवस्थापिका संसदको बैठक पुस ४ गतेसम्मका लागि स्थगित गरिएको छ ।
संसद सचिवालयले बिहीबार सूचना जारी गर्दै पुस ४ गते सम्मका लागि बैठक स्थगित भएको जनाएको छ ।
बिहीबार ११ बजे बस्नेगरी बैठक बोलाइएको थियो । तर, संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेसहित ८ विपक्षी दलले लगातार संसदमा अवरोध गरेपछि आजको बैठक नबसिकनै संसद सचिवालयले ४ गतेसम्मका लागि स्थगित गर्ने निर्णय लिएको हो ।
‘दलहरुबीच सहमति कायम होस् र संसदको गतिरोध अन्त्यको लागि सत्तापक्षबाट पहल होस् भनेर संसद स्थगित गरिएको हो,’ सचिवालयले भनेको छ ।
संसद बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्तावमा छलफल गर्ने कार्यसूचि थियो ।












प्रतिक्रिया