४ मंसिर २०८३, शुक्रबार

बाबुरामले मधेसी मोर्चाका शीर्ष नेताहरूलाई दिए निम्तो, बबरमहलमा छलफल गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० मंसिर । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरूलाई निम्तो दिएका छन् ।

काठमाडौंको बबुरमहलमा आज दिउँसो हुने छलफलमा मुलुकको मधेसको राजनीति, संविधान संशोधन र समग्र राजनीतिक विषयमा छलफल हुन सक्नेछ ।

छलफलका लागि आफूलाई पनि निम्तो आएको मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । ‘नयाँ शक्ति पार्टीको तर्फबाट निम्तो आएको छ’, उनले भने, ‘तर किन बोलाउनु भएको हो केही थाहा छैन ।’

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरणको भित्रभित्रै तयारी गरेका भट्टराईले मधेसी मोर्चाका नेताहरूलाई बोलाउनुलाई रहस्यका साथ लिइएको छ ।