कुम, ३० मंसिर । सातौं राष्ट्रिय खेलकुद अन्तरगत रुकुममा जारी मध्यपश्चिमाञ्चल क्षेत्रीय पुरुष भलिबलको चौथो दिन रुकुम फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको सेमीफाइलन खेलमा जुम्लालाई ३–० को सोझो सेटले हराउँदै रुकुम फाईनल चरणमा प्रवेश गरेको हो । फाईनल चरण प्रवेशसंगै अब बिहीबार हुने प्रतियोगितामा रुकुमले दैलेख र कालिकोटसँग भीड्नु पर्नेछ ।
सेमीफाईनलमा रुकुमले हुम्लालाई २–० ले हराएको थियो । त्यस्तै जुम्लाले सल्यानलाई २–० को सोझो सेटले पराजित गरेको थियो । कालिकोटले मुगुलाई २–० ले हरायो ।
सेमिफाईनल चरणको अन्तिम खेलमा भने दैलेख जिल्लाले रोल्पालाई २–० को सोझो सेटले पराजित गरेको थियो । अब प्रतियोगिताको पाँचौं दिन बिहीबार हुने दैलेख र कालिकोट जिल्लाको पराजित टोलीले भने तेस्रो स्थानका लागि जुम्लासंग प्रर्तिस्पर्धा गर्नेछ ।
मध्यपश्चिमका १५ ओटा जिल्लाले सहभागिता जनाएको पुरुष क्षेत्रीय छनौट भलिवल प्रतियोगिता मंसिर २६ गतेबाट सुरु भएको थियो । जारी क्षेत्रिय पुरुष छनौट भलिबल प्रतियोगितो मंसिर ३० गते बिहीबार सकिनेछ ।
















प्रतिक्रिया