काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेस निकट नेपाल तरुण दलको नयाँ कार्यसमितिले आज आफ्नो पदभार ग्रहण गर्ने भएको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आज हुने विशेष कार्यक्रममा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले तरुण दलको नयाँ कार्यसमितिलाई जिम्मेवारी दिनेछन् । तरुण दलको नयाँ कार्यसमितिले आजै पद तथा गोपनीयताको शप लिनुका साथै जिम्मेवारी लिने जारी विज्ञप्तिमा उल्लेख छ ।
पोखरामा सम्पन्न नेपाल तरुण दलको चौथो राष्ट्रिय महाधिवेशनबाट सर्बसम्मत नेतृत्व चयन भएको थियो । सहमति गर्ने क्रममा सभापति देउवा निकट जितजंग बस्नेतलाई अध्यक्ष, वरिष्ठ नेता निकट भुपेन्द्रजंग शाहीलाई महासचिव तथा खुमबहादुर खड्का निकटका कोषाध्यक्ष विधान गुरुङ र कृष्णप्रसाद सिटौला निकटकालाई उपाध्यक्ष दिएर भागबण्डा गरिएको थियो ।
पोखरामा आफ्नो पक्ष पराजित हुने देखेपछि सभापति देउवाले सहमतिका नाममा आफू निकट बस्नेतलाई ‘टीक’ अध्यक्ष बनाएको आरोप लाग्दै आएको छ ।
पौडेल समूह निकट मानिने तरुण दलकै केही नेताहरूले अहिलेको ‘टीके’ कार्यसमितिलाई मान्यता दिन नहुने पार्टी नेतृत्वलाई दबाब दिँदै आएका छन् ।











प्रतिक्रिया