काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल आफू निर्वाचित जिल्ला सिरहाको जाने भएका छन् ।
अपरान्ह दुई बजे प्रधानमन्त्री दाहाल सिन्धुली हुँदै सिरहा जाने कार्यक्रम रहेको दाहालको निजी सचिवालयले जनाएको छ । सिरहामा रहँदा पार्टीका नेता तथा कार्यकर्ता र आफ्नो चुनावी क्षेत्रका समर्थकसँग भेट गर्ने बुझिएको छ ।
यसअघि पनि दाहाल सिरहा जाने गरेका थिए । आज सिरहामा बसेर दाहाल भोलि बुधबार राजधानी फर्कने जनाइएको छ ।
संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराएपछि प्रमुख विपक्षी दल एमालेको निशानामा परेका दाहालले निकास खोज्नका लागि पहल पनि गरेका छन् । तर उनी सफल भने हुन सकिरहेका छैनन् ।











प्रतिक्रिया