काठमाडौं, २८ मंसिर । अन्ट्राटिका महादेशको सर्वोच्च शिखर भिन्समा सिफ आरोहणको तयारिमा रहेका विश्व पर्वतारोही संजय पण्डितलाई सेभेन समिट ट्रेकले सोमबार ३ लाख पचास हजार बराबरको सहयोग गरेको छ ।
नेपाललाई पर्वतारोहणको क्षेत्रवाट संसारलाई चिनाउन अथक भूमिका खेलेको हुनाले एन्ट्रारटिका महादेशको आरोहणको लागि उनलाई सहयोग गरिएको हो ।
कार्यक्रममा टानका बरिष्ठ उपाध्यक्ष तथा सेभेन समिट ट्रेकका प्रबन्ध निर्देशक ताशी लाक्पा शेर्पाले एक लाख रुपैया बराबरको चेक प्रदान गरे । शेर्पाले करिब दुई लाख पचास हजार पर्ने डाउन जकेट, हेलमेट लगायत हिमाल चढ्दा आवाश्यक पर्ने सम्पूर्ण हिमाली कपडा पनि प्रदान गरेका छन् ।
पण्डितलार्इ चाइनाको चर्चित हिमाली कपडा कैलास र नेपालमा बनेको माउन्टेन गेअरले डेढ लाख बराबरको कपडा सहयोग गरेको छ ।
पण्डितले किलर माउण्टेनको रुपमा चिनिएको मनासलु, विश्वको सर्वोच्च शिखर सगरमाथा, आइल्याण्ड पिक, छुकुन्ङग्री पिक, नागरजुन पिकको सफल आरोहण गरेका छन् ।
अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियस्को दौरा सुरुवाल र भादगाँउले टोपी लगाई आधार शिविरदेखि शिखरसम्म उल्टो हिँडेर सफल आरोहण गरेका थिए ।
युरोपको सर्वोच्च शिखरमा ६ मिनेट अर्धनाङ्गीएर उनले रेकर्ड कायम गरेका छन् । पण्डितले जापानको सर्वोच्च शिखर पनि आरोहण गरिसकेका छन् ।
पण्डितले सगरमाथा तथा मनास्लु, सेभेन समिट ट्रेक्स एजेन्सीबाट सफल्तापूर्वक आरोहणका गरेका थिए । पण्डित याक माउनंटेन गेअरका ब्रान्ड एम्बस्डर समेत हुन् ।















प्रतिक्रिया