३१ आश्विन २०८३, शनिबार

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ डडेल्धुराको अध्यक्षमा ठगुन्ना

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra-thagunnaडडेलधुरा, २७ मंसिर । भलिबलका राष्ट्रिय खेलाडी राजेन्द्र ठगुन्नाको अध्यक्षमा डडेल्धुरामा ९ सदस्यीय नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कमिटी गठन गरिएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी सँघका अध्यक्ष दिपक बिष्टको प्रमुख आतिथ्यतामा र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी सँघका महासचिब दिपक श्रेष्ठको उपस्थितिमा सोमबार उक्त कमिटीको गठन गरिएको अध्यक्ष ठगुन्नाले जानकारी दिए ।

संघको उपाअध्यक्षमा ओम प्रकाश पन्त, सचिब सुनिल तामाङ, कोषाध्यक्ष छाया ठकुराठी, सदस्यहरु जगत एेर, सुजन थापा, माया एेर, जनक जोशी र मनिषा बोहरा रहेका छन ।

खेलाडीहरुको हक हित लागि आवाज उठाउनका लागि र खेल सँघहरुलाई सक्रिय गराइ खेलाडीहरुको क्षमता बिकास
गराउने उदेश्यले संघहरु गठन गरिएको नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी सँघका अध्यक्ष दिपक बिष्टले बताए ।