३१ आश्विन २०८३, शनिबार

संविधान संशोधनः सशांक सन्किएपछि काँग्रेसमा आपत, देउवा अल्पमतमा ?

126.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba-shasaank-koirala

काठमाडौँ, २७ मंसिर । संविधान संशोधनको विषयले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नै अल्पमतमा पर्ने खतरा देखिएको छ ।

काँग्रेसका महामन्त्री शशांक कोइरालासहितका प्रभावशाली नेताहरु नै संविधान संशोधन प्रस्तावप्रति सकारात्मक नदेखिएपछि देउवालाई आपत परेको हो । महामन्त्री कोइरालाले प्रदेश सीमांकनमा विमति जनाउँदै आएका छन् । खासगरि, प्रदेश–५ मा रहेका पहाडी जिल्लालाई तराईबाट छुट्याउने प्रस्तावबारे पार्टीभित्र छलफल नभएको भन्दै कोइरालाले देउवाविरुद्ध मोर्चाबन्दी सुरु गरेका हुन् ।

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित हुन नसक्ने भएकाले माओवादी पछाडि नहटे पनि काँग्रेस पछि हटनुपर्ने भन्दै कोइरालाले पार्टीभित्र लबिंग गर्दै आएका छन् । संविधान संशोधन प्रस्तावले गर्दा संविधान नै बिफल हुने खतरा रहेको कोइरालाको भनाइ छ । कोइरालाको अभियानलाई पाँच नम्बर प्रदेशमा रहेका देउवा निकट नेताहरुले पनि साथ दिइरहेका छन् । आफूनिकट नेताहरु समेत संविधान संशोधनको विपक्षमा उभिएपछि अल्पमतमा पर्ने डरले देउवाले यसलाई पार्टीभित्र प्रवेश गराउन सकेका छैनन् ।

काँग्रेसका शीर्ष नेता रामचन्द्र पौडेल, खुमबहादुर खड्का, कृष्ण सिटौला लगायतका नेताहरु प्रदेशको सिमाकंन चलाउन नहुने पक्षमा छन् । पाँच नम्बर ५ टुक्रिए पूर्वको १ नम्बर प्रदेश पनि टुक्रिने आशंका सिटौलामा छन् ।