काठमाडौं, २७ मंसिर । नायिका रेखा थापा आजबाट विधिवत रुपमा राप्रपामा प्रवेश गरेकी छन् ।
२०७० सालमा पुष्पकमल दाहाल प्रचण्डसँगै नाँचेर माओवादी पार्टी प्रवेश गरेकी रेखालाई आज तीन वर्षपछि अध्यक्ष कमल थापाले राप्रपामा भित्र्याएका हुन् । रेखा राप्रपामा प्रवेश गर्दैगर्दा उनले किन माओवादी छाडिन् भन्ने प्रश्न उब्जिएको छ ।
यसबारे रेखा एक अन्तर्वार्तामा भन्छिन्- ‘म अत्यन्तै स्वतन्त्र मान्छे हुँ मलाई कसैले शासन गरेको मनपर्दैन् । त्यो हिसाबले एउटा भ्रम हुन जान्छ कि ओ हो! माओवादी छाडेर । म कहिले पनि थिइन् ।’
नयाँ शक्तिको रुपमा आउँदा माओवादीलाई ‘ट्राई’ गरेको र स्थान पनि दिएकै हो भन्दै रेखाले तर परिणाम हेर्दा आज देश २० वर्ष पछाडि धकेलिएको बताइन् । माओवादीकै कारण देश पछाडि परेको उनको निष्कर्ष छ ।
क्रान्तिकारी भन्ने शब्द माओवादीको मात्र होइन् भन्दै उनले धर्ममा विश्वास नगर्ने प्रचण्डलाई आफूले विश्वास गर्न नसकेको बताइन् । ‘जो व्यक्ति धर्मभन्दा पर त्यो मान्छेलाई कसरी विश्वास गर्न सकिन्छ,’ उनले भनिन्- ‘अनुशासन हो नि त धर्म भनेको । अनुशासनहीन मान्छेलाई तपाई अंगाल्न सक्नुहुन्छ ?’
राप्रपा नेपाल किन चुन्नुभयो भन्ने प्रश्नमा रेखाले भनिन् – ‘मैले चुनेको होइन् यो मेरो रगतमा मेरो नशा नशामा नै हिन्दूत्व छ । राष्ट्रवादी केटी हुँ ।’
रेखाले पार्टी छाड्ने विषयमा आफ्नो प्रचण्डसँग पनि कुरा नभएको बताएकी छिन् । ‘त्यो जरुरी भएन उहाँहरुसँग । म कुनै रुपले आवद्ध थिइन् । म अत्यन्तै स्वतन्त्र मान्छे हुँ मलाई कसैले शासन गरेको मन पर्दैन् ।’, रेखाले भनेकी छिन् -‘ दसैमा लगाउने जमरा, आफूभन्दा ठूलाबाट आर्शिवाद लिने कुरा, तिहारमा मखमली माला, सप्तरंगी टिकामा दाजुभाईसँग रमाउने रेखा थापा, साउनभरी हातभरी हरियो चुरा र मेहन्दी लगाएर रमाउने रेखा थापा, तीजमा रातो सारी लगाएका दिदीबहिनीहरुको बीचमा गएर नाच्ने रेखा थापा, यो चाडपर्वको जर्गेना, चाडपर्वप्रतिको आस्था, त्यो मोह यही पार्टीभित्र देखेँ । त्यसको सम्मान यही पार्टीभित्र पाएँ । त्यसकारण राप्रपामा आएँ ।’
यो पनि पढ्नुस्ः
नायिका रेखा थापा राप्रपामा प्रवेश, कमल थापाले गरे स्वागत
हामीले कोसिस गरेको होनी त नयाँ आउने शक्ति (माओवादी) लाई ट्राई गर्यौ । स्थान पनि दिएकै हौं तर, परिणाम आज २० वर्ष पछाडी धक्लियौ । अनि कहाँबाट हुन्छ ?
राप्रपाभित्र रहेका व्यक्तित्वहरु मैले देख्दाखेरी सबैजना अनुशासित देख्छु, मर्यादित देख्छु । देशप्रति चिन्तित, देशप्रति अलि अग्रगामी सोंच ।
क्रान्तिकारी भन्ने शब्द माओवादीको मात्र होइन् । जो व्यक्ति धर्मभन्दा पर त्यो मान्छेलाई कसरी विश्वास गर्न सकिन्छ । अनुशासन हो नी त धर्म भनेको । अनुशासनहिन मान्छेलाई तपाई अंगाल्न सक्नुहुन्छ ।
मेरो विचार र आत्मासँग मेल खाने पार्टी नै राप्रपा लाग्यो । र, मैले विगत चार वर्षदेखि हेरिनै रहेको थिए । र, त्यो भन्दा पहिला पनि मैले कमल थापालाई हेरिरहेको थिए ।
मलाई यति थाहा छ म यो देशको झण्डा उजागर गर्न चाहन्छु नेपालको । म नेपाली भएर मर्न चाहन्छु ।
हेर्नुस् भिडियो अन्तर्वार्ताः
भिडियो सौजन्यः मज्जाको टिभी ।

















प्रतिक्रिया