काठमाडौं, २७ मंसिर । नेपालकी नम्बर वान नायिकाको रुपमा परिचित अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छन् ।
सम्भवतः आमासहित पार्टी प्रवेश गर्ने रेखा नेपालमै पहिलो कलाकार हुन् । आमाछोरी पार्टी प्रवेश गर्दाको यो दृश्य निकै रोमाञ्चक थियो ।
सोमबार बिहान राजधानीमा आयोजित स्वागत समारोहमा पार्टी अध्यक्ष कमल थापाले टीका लगाएर नायिका थापालाई पार्टी प्रवेश गराएका हुन् ।
२०७० साल जेठ ४ गते एमाले नेतृ उर्मिला अर्यालसहित माओवादी प्रवेश गरेकी रेखा आज तीन वर्षपछि पार्टी फेर्दै आमा सरस्वती थापासहित राप्रपा प्रवेश गरेर सबैलाई चकित पारिदिएकी छन् ।
रेखा र उनकी आमालाई अध्यक्ष थापासहित पार्टी नेताहरुले हात मिलाउँदै स्वागत गरेका थिए ।

राप्रपा नेपालसँग भर्खरै भएको एकतापछि चर्चामा आएको राप्रपामा प्रवेश गर्नेको लहर बढेको छ । यसअघि गायिका कोमल वली पनि राप्रपा प्रवेश गरेकी थिइन् ।
आजको कार्यक्रममा उनी सञ्चालकको भुमिकामा देखिएकी थिइन् । रेखा राप्रपा प्रवेश गर्नमा गायिका वलीको पनि भुमिका रहेको बताइन्छ ।
















प्रतिक्रिया