४ मंसिर २०८३, शुक्रबार

डाइभर्सन तयार गरी यातायात सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pul-nawalparasiनवलपरासी, २७ मंसिर । नवलपरासीमा आइतबार एकाबिहानै बौलाहा खोलाको पुलमा क्षति पुगेका कारण अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्ग आइतबार साँझदेखि सञ्चालनमा आएको छ ।

ना ६ ख ३०१७ नम्बरको ट्रकले पुलको पूर्वपट्टिको भागमा ठक्कर दिँदा बायाँपट्टिको भाग एक फिट तल लच्केकोले पुल माथिबाट सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।

यद्यपि अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्गमा डाइभर्सन तयार गरी यातायात सञ्चालन गरिएको हो ।

सो पुल भाँचिदा पूर्व पश्चिम राजमार्गमा आइतबार दिनभर यातायात सञ्चालनमा अवरोध हुँदै आएको थियो । रासस