३१ आश्विन २०८३, शनिबार

खेलाडीका लागि अलग अस्पताल बनाउन पहल गर्छु : मन्त्री श्रीपाइली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

daljit-shripaili– अमरराज पुन

रुकुम, २७ मंसिर । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले नेपाली खेलकुदमा देखिएको विकृतिलाई अन्त्य गर्दै अब खेलकुद क्षेत्रमा नयाँ ऐनको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् ।

लामो समयदेखि नेपाली खेलकुद क्षेत्रमा कुनैपनि नयाँ संरचना र ऐनको विकास नभएकाले तत्काल खेलकुद ऐनको विकास गर्न आवश्यक रहेको उनले बताए । रुुकुमको मुसिकोटमा आइतबार आयोजित सातौं रास्ट्रिय खेलकुद अन्र्तगत मध्यपश्चिम स्तरीय पुरुष भलिवलको क्षेत्रीय छनौट प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री श्रीपाइलीले खेलकुद क्षेत्रको विकासका लागि अब गुरुयोजनाको आवश्यक्ता रहेको बताए ।

राष्ट्रका लागि संधै खेल क्षेत्रमा समर्पित खेलाडीहरुलाई राष्ट्रिय कल्याण कोष स्थापना र खेलाडीको जीवन भत्ताका लागि आफूले पहल चालिरहेको पनि उनले बताए ।

‘देशको गौरव तथा सम्पत्तिका रुपमा चिनिने खेलाडीहरुका लागि अब नेपालमा खेलकुद हस्पिटल र खेलकुद विश्वविद्यालय बनाउन मैले ध्यान दिएको छु’, उनले भने ।