४ मंसिर २०८३, शुक्रबार

राप्रपाको बैठक धुम्बाराहीमा बस्दै, सरकार र पार्टी संगठनबारेमा निर्णय लिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa-pashupati-shamsher-ranaकाठमाडौं, २७ मंसिर । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज दिउँसो दुई बजे कार्यसम्पादन समितिको बैठक बस्न लागेको सहप्रवक्ता किरण गिरीले जानकारी दिए ।

‘मुलुकको समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल हुनेछ’, उनले भने, ‘५५ जिल्लामा भएको पार्टी समिति एकीकरणको समीक्षा गर्नेछ ।’

बैठकले सदस्यता वितरण अभियान संचालन गर्ने र पार्टी संगठनलाई स्थानीय तहमा समन्वय गर्दै सुदृढ एवम् विस्तार गर्ने सम्बन्धमा समेत आवश्यक निर्णय लिने सहप्रवक्ता गिरीले जानकारी दिए ।