४ मंसिर २०८३, शुक्रबार

पाँच नम्बर प्रदेश टुक्राउने निर्णयविरुद्ध अर्काे भयंकर आन्दोलनको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rally-agnaist-govenrment-in-bhairahwa-16

– नरेश केसी

भैरहवा, २६ मंसिर । संविधान संशोधनमार्फत पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याउने सरकारको प्रस्तावविरुद्ध आन्दोलन थप चर्काउने निर्णय भएको छ ।

संयुक्त संघर्ष समिति रुपन्देहीले आइतबार साँझ एक विज्ञप्ति जारी गरी जुलुस, चक्काजामदेखि आमहड्तालसम्मको कार्यक्रम घोषणा गर्दै आन्दोलन चर्काउने निर्णय सार्वजनिक गरेको हो ।

‘वर्तमान सरकारले पाँच नम्बर प्रदेशका जनताको भावना र मर्म विपरित ल्याएको प्रस्ताव जनमत, राजनीतिक, संवैधानिक तथा हरेक हिसाबले गलत छ भन्ने हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ- ‘संसदमा प्रस्ताव दर्ता भएको दिन मंसिर १४ गतेबाट जनस्तरमा उठेको विशाल जनप्रदर्शनसहित राजनीतिक दल र नागरिक समाजको आन्दोलनको मागलाई यो सरकारले नजर अन्दाज गरेको र हाम्रो मागको सम्बोधन गर्न आजसम्म दिएको अल्टिमेटमलाई पूर्ण रुपमा वेवास्था गरेका कारण हामी थप सशक्त आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य भएका छौं ।’

नेपालको राष्ट्रिय स्वाधिनता र अखण्डतामा गम्भीर असर पर्नेगरी सरकारले संसदमा दर्ता गरेको प्रदेश नम्बर ५ को विभाजन, भाषा लगायतका बुँदाहरुको संशोधनले सामाजिक सदभाव विथोल्दै राष्ट्रियता कमजोर बनाउन वर्तमान सत्ता गठबन्धन क्रियाशिल रहेको कुरा स्पष्ट भएको भन्दै संयुक्त संघर्ष समितिले राष्ट्रियता, राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्न हरेक राष्ट्रवादी स्वाभिमानी नेपालीलाई विगत आन्दोलनमा जस्तै आगामी आन्दोलनका सबै कार्यक्रममा साथ, सहयोग र सक्रिय सहभागिता लागि आह्वान समेत गरेको छ ।

यस्ता छन् आन्दोलनका थप कार्यक्रमहरुः

१) मंसिर २७ गते तयारी बैठक तथा भेला
२) मंसिर २८ गते युवा विद्यार्थी जुलुस १ घण्टा चक्काजाम तथा कोणसभा
३) मंसिर २९ गते महिलाहरुको जुलुस १ घण्टा चक्काजाम तथा कोणसभा
४) मंसिर ३० गते सिठी जुलुश बेलुका ५ बजे ।
४) पुस १, २ र ३ गते आम हड्ताल ।

संघर्ष समितिले यी आन्दोलनका कार्यक्रम सम्पन्न भइसक्दा समेत आन्दोलनका माग सम्बोधन हुन नसकेमा त्यसपछि थप सशक्त संघर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

andolan-bhairahawa-statement