३१ आश्विन २०८३, शनिबार

सात नेपालीले कुबेतमा शिर झुकाउने काम गरे, पक्राउ परे ४ महिला र ३ पुरुष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

raksi-madira– गोपाल सिवा

कुवेत, २६ मंसिर । कुवेतमा रक्सीको कारखाना खोलेर अबैध धन्दा गर्ने सात नेपाली पक्राउ परेका छन् । कुवेतको यारमुक भन्ने स्थानमा प्रहरीले छापामारी सात जना नेपालीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूका साथबाट १ हजार ५ सय बोतल रक्सी, ड्रममा राखिएको रक्सी बनाउने कच्चा पदार्थ बरामद गरेको छ ।

पक्राउ पर्ने सात जनामध्ये ४ जना महिला र ३ पुरुष छन् । प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बुझिएको छ । उनीहरूको यो कार्यबाट नेपाली कामदारहरू लज्जित हुनु परेको टिप्पणी भइरहेको छ ।

स्थानीय प्रहरीका अनुसार कुवेतमा यसरी अबैध रुपमा रक्सी बनाउने कारखाना फेला परेको अहिलेसम्मकै ठूलो रहेको दाबी गरेको छ ।

यसअघि पनि कुवेतको साल्वा भन्ने स्थानमा १ हजार ५ सय बोतल रक्सी सहित सात जना नेपालीहरू पक्राउ परिसकेका थिए ।

पक्राउ परेका नेपालीहरूको बारेमा सोसियल मिडिया आइमान म्याटको फेसबुक पेजमार्फत समाचार बाहिर आएको छ । कुवेतमा मदिरा उत्पादन तथा बेचबिखन गैरकानूनी मानिन्छ ।