३१ आश्विन २०८३, शनिबार

पाँचथरमा पूर्वाञ्चलस्तरीय बुद्धिचाल प्रतियोगिता सरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baba– कृष्ण ओझा

पाँचथर, २६ मंसिर । पाँचथरको फिदिम सदरमुकाममा पूर्वाञ्चल स्तरीय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।

शनिबार पूर्व सांसद तथा नेकपा एमालेका उर्जा विभाग सचिव वसन्तकुमार नेम्बाङले चेस खेलेर प्रतियोगिता उदघाटन गरे । जिल्ला विकास समितिको सिटी हलमा सुरु भएको प्रतियोगितामा पहिलो चरणको खेल सकिएको छ ।

दोश्रो चरणको खेल आइतबार हुने जिल्ला खेलकुद विकास समिति पाँचथरका महिला अध्यक्ष बाबा मेन्याङबोले जनाएकी छन ।

प्रतियोगितामा पाँचथर सहित पूर्वाञ्चलका १६ जिल्लाका ६५ जना खेलाडीको सहभागिता हुनेछ ।

प्रतियोगितामा विजेता भएकाहरुले आगामी पौष ८ देखि हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउनेछन् । प्रतियोगिता मंसिर २८ गतेसम्म हुन आयोजकले जनाएको छ ।