काठमाडौं, २५ मंसिर । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्र जैसवालले संशोधन प्रस्ताव दुई तिहाईले पारित हुने ठोकुवा गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने ‘यो प्रस्ताव जनताको हितमा भएकोले दुई तिहाईले पारित हुन्छ, यसमा कुनै दुई मत छैन ।’
उनले देशलाई निकास दिनको लागि पनि यो प्रस्ताव पारित गराउन सबै दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको स्पष्ट पारे ।
उनले प्रस्ताव पारित नभए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिकताको आधारमा राजीनामा दिने समेत जानकारी दिए । उनले भने- ‘प्रचण्डलाई पदको कुनै लोभ छैन, मोह छैन, उहाँलाई कुर्सीको मोह छैन भन्ने कुरा दुनियाँलाई थाहा छ ।’
















प्रतिक्रिया