मोरङ, २४ मंसिर । नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले नेपालको अस्तित्व संकटमा पर्ने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज विहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने- ‘देशको अस्मितामाथि प्रहार गर्ने खालका कुनै पनि प्रस्ताव एमालेलाई स्वीकार्य हुदैन् ।’
एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले संसदमा अनावश्यक प्रस्ताव दर्ता गराएर सरकारले निहुँ खोज्ने काम मात्र गरेको आरोप लगाउँदै भने– ‘९० प्रतिशत सभासद्ले पारित गरेको संविधान कार्यान्वयन गर्नुको साटो संशोधन प्रस्ताव दर्ता गराउनुको कुनै औचित्य छैन ।’
उनले भारतको संविधान ६५ प्रतिशत संसद् र अमेरिकाको संविधान ५२ प्रतिशतले पारित भएको उदाहरण दिदैं ९० प्रतिशत सभासद्ले पारित गरेकाले नेपालको संविधान कार्यान्वयनको विकल्प नभएको बताए ।












प्रतिक्रिया