४ मंसिर २०८३, शुक्रबार

जुत्ता प्रहार भएपछि के भने डा.भट्टराईले ? यस्तो रहेछ सञ्जीवको इच्छा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dr-baburam-bhattaraiकाठमाडौं, २४ मंसिर । पोखरास्थित कार्यक्रमलाई सम्बोधन गर्दैगर्दा ‘जुत्ता प्रहार’ भएपछि नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईको चर्चा भइरहेको छ ।

डा.भइराईलाई सञ्जीव भट्टराईले कालो झण्डा देखाउँदै आफूले लगाएको जुत्ता फुकालेर मञ्चमा भाषण गरिरहेका डा.भट्टराईलाई प्रहार गरेका हुन् । डा.भट्टराईलाई जुत्ताले त लागेन । तर उनले दुःख भने जनाए ।

डा. भट्टराईलाई कालोझण्डा देखाएर जुत्ता प्रहार गर्ने सञ्जीव भट्टराईलाई नयाँ शक्तिसम्बद्ध विद्यार्थीले ‘भक्कु’सँग कुटपिट गरेका थिए ।

जुत्ता प्रहार गर्ने सञ्जीव भट्टराईले शीर्ष नेताहरुले देश बिगारेकाले भट्टराई पनि शीर्ष नेतामध्ये एक भएकाले जुत्ता प्रहार गरेको बयान प्रहरीमा दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, कांंग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई पनि भेट्दा जुत्ता हान्ने सोँच बनाएको सञ्जीवले प्रहरीमा बयान दिएका छन् ।

– भट्टराईले सम्बोधन गरिरहँदा एक्कासी होहल्ला सुरु भयो ।

त्यसपछि भट्टराईले मञ्चबाटै भने,

छोड्दिनुस्, छोड्दिनुस् केही हुँदैन ।

ए भाइ देखाउनुस्, देखाउनुस् ।

ए भाइ त्यसो नगर हेर्न देऊ–देऊ ।

ए भाइ मैले देखेँ तपाईंको । देखाउन दिनुस्, केही फरक परेन ।

हामी सबैले कालै लुगा लगाएका छौँ, मैले पनि लगाको छु, त्यो एउटा कालो टुक्रोले केही फरक पर्दैन ।

गर्न दिनुस्, ए भाइ नलखेट्नुस् । ठीक छ पख्नुस्, पखनुस् हामी सबै कालै छौँ । उहाँले सानो कालो झण्डा देखाइराख्नुभाछ, मैले देखिसकेँ ठीक छ । हुन दिनुस् उहाँलाई ।

त्यसैले साथीहरु म के आग्रह गर्न चाहन्छु भने यो पनि एउटा स्वरुप हो । शान्तिपूर्ण ढंगले विरोध अभिव्यक्त गर्न पाउँछ । आफ्नो विचार व्यक्त गर्ने कुराको हामी सम्मान गर्छौँ । म उहाँलाई सम्मान गर्छु, तपाईंले अन्यथा नलिनुस् ।

म के भन्दै थिएँ भने ……।’