३१ आश्विन २०८३, शनिबार

बुद्धिचालमा दाङका थापा प्रथम, तेक्वाण्दोमा दाङलाई स्वर्णको वर्षा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chessदाङ, २३ मंसिर । मध्यपश्चिमाञ्चल क्षेत्र स्तरिय बुद्धिचाल खेल छनोट प्रतियोगितामा १५ जिल्लाका खेलाडीलाई उछुन्दै दाङका दिनेश थापा प्रथम हुनुभएको छ । उहाँले २१ जना खेलाडीलाई पछाडि पारेर उपाधि चुम्नु भएको थि यो । यसैगरी महिलातर्फ वर्दियाकी निना श्रेष्ठले उपाधी हात पार्नुभएको छ ।

बृहत् सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ का लागि मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समिति नेपालगञ्ज बाँकेले दाङको तुलसीपुरमा आयोजना गरेको मध्यपश्चिम क्षेत्रिय वुद्धिचाल खेलको अन्तिम चरणको पाँचौ राउण्डमा दैलेखका शक्तिराम बुढालाई पराजीत
गरी साढे ४ अङ्क सहित थापाले उपाधी चुम्नु भएको हो । त्यस्तै महिलातर्फको खेलमा दैलेखकी नम्रता पाठकलाई पराजीत गरी निनाले उपाधी चुम्नु भएको थियो । त्यस्तै बाँकेका पशुपतिनाथ योगीले रजत पदक र शक्तिरामले कास्य पदकमा चित्त बझाउनु भएको छ । चौथो स्थानमा रहेका श्रीकृष्ण र पाँचौ स्थानमा रहेका तिर्थ बहादुर विक पनि सातौ राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनु भएको छ । छनोटमा परेका खेलाडीले पुर्वाञ्चलमा पुस ८ देखी १५ गते सम्म हुने वृहत्त सातौ राष्ट्रिय प्रतियोगितामा मध्यपश्चिम क्षेत्रको प्रतिनिधित्व गर्दै प्रतिस्प्रर्धा गर्नेछ ।

यसैवीच छनोट प्रतियोगिताको समापन कार्यक्रम प्रतियोगिताको सहआयोजक दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीको अध्यक्षता तथा मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समितिका सदस्य एंव क्षेत्रिय प्रतिनिधी प्रदिप खत्रीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा विजेता तथा उपविजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

तेक्वाण्दोमा दाङलाई स्वर्णको वर्षा

boxing

मंसिर २० गतेदेखि २३ गतेसम्म भएको क्षेत्रीय तेक्वाण्डो प्रतियोगितामा दाङले पाँच वटा स्वर्णसहित ४ वटा रजत पदक जितेको छ ।

नेपालगञ्जमा भएको खेलमा दाङका कमल बिकले ५० किलो तौल समूहमा स्वर्ण पदक जित्नु भएको छ । यसैगरी ७४ केजिमा गिरिराज गिरी, ८० केजिमा पारस बिक्रम शाह, ८५ केजि भन्दा माथि हेभितर्फ रामबहादुर घर्तीमगर प्रथम हुनु भएको छ ।

यसैगरी ५८ केजिमा सुमन चौधरी र ६३ मा ऋषीराज चौधरी दोस्रो हुनु भएको छ । महिला तर्फ ५७ केजि मुनी अमृता बिक प्रथम हुनु भएको छ । यसैगरी ४९ केजि मुनी एन्जीला कुँवर, ५३ केजि मुनी सुष्मा पन्थी, दोस्रो हुनु भएको छ ।

आउँदो पुस ८ देखि १५ गतेसम्म इटहरीमा हुन लागि रहेको राष्ट्रिय तेक्वाण्डो प्रतियोगिताका लागि प्रथम भएका खेलाडीहरुले सहभागिता पाउँने प्रतियोगिताका लागि दाङबाट निर्णायकको भूमिकामा जानु भएका बिरुभाई बज्राचार्यले जानकारी दिनुभयो ।