४ मंसिर २०८३, शुक्रबार

पूर्व गृहमन्त्री घिमिरे चढेको जीप दुर्घटना हुनुको कारण खुल्यो, समितिले बुझायो प्रतिबेदन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-ghimireकाठमाडौं, २३ मंसिर । पूर्व गृहमन्त्री माधव घिमिरेको जीप दुर्घटनामा परी बेपत्ता भएको घटनाका सम्बन्धमा छानविन गर्न गठन भएको छानविन समितिले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि समक्ष प्रतिवेदन बुझाएको छ ।

पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा गठित छानविन समितिले आज गृहमन्त्रालयमा निधिलाई आफ्नो प्रतिवेदन बुझाएको हो ।

गत असोज ९ गते पोखराबाट काठमाडौं फर्कने क्रममा पूर्व गृहमन्त्री घिमिरे चढेको गाडी चितवनको दारेचोक नजिक घोप्टेभीरमा दुर्घटना भई त्रिशुली नदीमा खसेको थियो ।

छानविन समितिले बुझाएको प्रतिबेदनमा सो दुर्घटना आपराधिक उद्देश्यले नभएको र दुर्घटना भएको बेला गाडी पूर्व मन्त्री घिमिरेले नै चलाएको पनि उल्लेख छ ।

ट्रकलाई ओभरटेक गर्ने क्रममा गाडी अनियन्त्रित भई दुर्घटना भएको समितिको प्रतिबेदनमा उल्लेख छ ।

प्रतिबेदन बुझ्दै उपप्रधानमन्त्री निधिले प्रतिवेदन कार्यान्वयन गर्न सरकार लागि पर्ने बताउनुभयो ।

सोही समितिलाई धादिङको मार्पाकमा भएको बस दुर्घटनाको समेत छानविनको जिम्मेवारी दिइएको थियो ।

समितिले आजै सो बस दुर्घटनाको प्रतिवेदन पनि उपप्रधान एंव गृहमन्त्री बिमलेन्द्र नीधिलाई बुझाएको हो ।