४ मंसिर २०८३, शुक्रबार

संशोधन प्रस्ताव संसदमा बुधबार किन टेबुल भएन ? सभामुखबाट आयो भित्री कुरा

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

onsari-gharti-mao-savamukha– विमल योगी

काठमाडौं, २३ मंसिर सभामुख ओनसरी घर्तीले प्रमुख दलहरूवीच सहमति भएपछि मात्रै संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने भनेर संसद बैठकमा प्रस्ताव टेबुल नगरेको बताएकी छिन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसँग सिंदरबारस्थित आफ्नै कार्यकक्षमा अलग अलग भेटवार्ता गरिसकेपछि पत्रकारसँग कुरागर्दै घर्तीले संविधान संशोधनमा सहमति होस् भन्ने आफ्नो इच्छा रहेको बताइन् ।

‘संविधान संशोधनको प्रस्ताव संसद बैठकमा टेबुल गर्नका लागि बुधबारदेखि तयारी अवस्थामा छ’, उनले भनिन्, ‘प्रमुख दलहरूवीच सहमति भएपछि टेबुल गर्दा राम्रो हुन्छ भनेर मैले संसद बैठकको कार्यसूचीमा राखिन् ।’

एमालेतर्फ संकेत गर्दै सभामुख घर्तीले सम्वाद र सहमतिमार्फत सबै विषयको टुङ्गो लगाउन सकिने भएकाले प्रमुख दलहरूले छिटो राजनीतिक निकास दिएर संसदको गतिरोध अन्त्य गर्नुपर्ने बताइन् ।

‘शान्ति प्रक्रिया जस्तो गम्भीर विषयलाई दलहरू मिलेर टुङ्गो लगाएको उदाहरण छ’, उनले भनिन्, ‘अहिलेको राजनीतिक गतिरोध दलहरूले चाहने हो भने तत्काल अन्त्य गर्न सक्छन् ।’

सभापति देउवा र अध्यक्ष ओलीसँग आफूले संसदको गतिरोध अन्त्यका लागि आग्रह गरेको उनले बताइन् । ‘संसदको गतिरोध छिटो अन्त्य गर्नुस् भनेर मैले दुबै शीर्ष नेताज्यूहरूलाई आग्रह गरेको छु’, उनले भनिन्, ‘अहिले मुलुक संक्रमणकालमा रहेकाले संविधान कार्यान्वयन गर्ने दायित्व सबैको हो । मिलेर जानुपर्छ भनेर आग्रह गरेकी छु ।’

जवाफमा दुबै शीर्ष नेताहरूले आफूहरू पछिल्लो राजनीतिक अवस्थाका विषयमा गम्भीर रहेको धारणा राखेको सभामुख घर्तीले बताइन् ।

सभामुख घर्ती, सभापति देउवा र अध्यक्ष ओलीवीच भएको अलग–अलग वार्तामा दुबै शीर्ष नेताहरूले आ–आफ्नो अडान राखेका थिए ।

स्रोतका अनुसार कांग्रेस सभापति देउवाले संविधान संशोधन प्रस्तावमा सरकार पछाडि नहट्ने अडान राखेका थिए ।

एमाले अध्यक्ष ओलीले पनि संविधान संशोधनको प्रस्ताव फिर्ता लिएर अवरुद्ध संसद बैठक आफै हट्ने धारणा राखेको स्रोतको भनाइ छ ।