– विमल योगी
काठमाडौं, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव लिए संसदको गतिरोध अन्त्य हुने बताएका छन् ।
विहिबार संसद सचिवालयमा सभामुख ओनसरी घर्तीसँगको वार्तामा ओलीले संविधान संशोधन प्रस्ताव लिन आग्रह गर्दै प्रस्ताव फिर्ता लिएसँगै संसदको गतिरोध अन्त्य हुने जवाफ दिएका हुन् ।
छलफलमा सभामुख घर्तीले ओलीलाई सदनको गतिरोध गर्नुस् र सहमति खोज्नुस् भन्ने आग्रह गरेकी थिइन् ।
जवाफमा ओली भने- ‘सहमति गर्न सजिलो छ । संसदमा दर्ता भएकोसंविधान संशोधन प्रस्ताव फिर्ता लिनुस् । फिर्ता हुनेवित्तिकै हामी सहमत हुन्छौं । संसद तुरुन्तै खुल्छ ।’
ओलीको जवाफ सुनेपछि सभामुखले प्रस्ताव फिर्ता लिनेबारे प्रधानमन्त्रीसँग कुरा गर्छु भनेकी थिइन् ।
यसअघि विहिबारै सभामुख घर्तीले संसद सचिवालय बोलाई संविधान संशोधन र संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गरेकी थिइन् । छलफल सकारात्मक भएको र मिलेर जाने समझदारी भएको कुरा देउवाले बताएका थिए ।
संविधान संशोधन प्रस्तावले ९ दिनदेखि संसद अवरुद्ध हुँदै आएपछि दलहरुलाई सहमति ल्याउन र संसदको गतिरोध अन्त्य गर्न पछिल्लो समय सभामुख घर्ती सक्रिय भएकी छन् ।












प्रतिक्रिया