काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमबाट कैलाली कुनैहालतमा अलग नहुने बताएका छन् ।
सभामुख ओनसरी घर्तीसँग संसद सचिवालयमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले कैलाली टुक्राउने कुरा नसोध्न आग्रह गरे ।
सञ्चारकर्मीले सुरुमा देउवालाई सोधे– सभामुखसँग के के छलफल भयो ?
जवाफमा देउवाले भने– संविधान संशोधनबारे छलफल चल्यो । मिलेर जाने समझदारी भयो ।

सञ्चारकर्मीले फेरि सोधे– के सहमति भयो ? सीमांकनमा कैलाली टुक्राउने सहमति भयो ? तपाई तयार हुनुहुन्छ ?
जवाफमा देउवा तात्तिएर भने को ले भनेको ? तपाईको घर कहाँ हो ? सञ्चारकर्मीले हाम्रो घर यही भनेपछि देउवाले अगाडि भने– ‘कैलाली कुनै हालतमा टुक्रिन्न ।’
कैलाली टुक्राउने कुरा आउनेवित्तिकै निकै आक्रामक रुपमा प्रस्तुत भएका देउवाले कैलालीबारे अन्यत्रका मान्छेलाई नबोल्न चेतावनी दिए ।
















प्रतिक्रिया