४ मंसिर २०८३, शुक्रबार

पोखरामा बाबुराम भट्टराईमाथि जुत्ता प्रहार

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai

पोखरा, २३ मंसिर । नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि पोखरामा जुत्ता प्रहार भएको छ ।

जुत्ता प्रहार गर्ने पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्र विषयमा स्नातकोत्तर दोस्रो वर्षका छात्र सञ्जिव भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

क्याम्पसमा नयाँ शक्ति निकट विद्यार्थी संगठनले नयाँ विद्यार्थीका लागि बिहीवार आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख अतिथि रुपमा आएका बाबुरामलाई भट्टराई थरकै विद्यार्थीले जुत्ता प्रहार गरेका हुन् । तर, जुत्ता बाबुरामलाई लागेन् । जुत्ता प्रहार हुँदा केहीबेर कार्यक्रम विथोलिएको थियो ।

घटनालगत्तै प्रहरीले भट्टराईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बगरको हिरासतमा राखेको छ ।