४ मंसिर २०८३, शुक्रबार

सभामुख घर्तीले देउवा र ओलीसँग परामर्श गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Onsari Ghartiकाठमाडौं, २३ मंसिर । सभामुख ओनसरी घर्तीमगरले राजनीतिक गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग आजदेखि छलफल प्रारम्भ गर्ने भएकी छिन् ।

सो क्रममा उहाँले बिहीबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग छलफल गर्नुहुने उहाँका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिए ।

सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने शुक्रबार छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।

छलफलमा सरकारले ल्याएको संविधान संशोधनपछिको उत्पन्न परिस्थिति, राजनीतिक दलबीचमा देखिएको संवादहीनता, महाअभियोग र आगामी निर्वाचनका विषयमा केन्द्रित रहेर छलफल गर्नुहुने बुझिएको छ ।